मंगलबार, जेठ ८ गते २०८१

बिहान खाली पेटमा खानै पर्ने ५ खानेकुरा, यसका फाइदाहरु....

बिहान खाली पेटमा खानै पर्ने ५ खानेकुरा, यसका फाइदाहरु....

अखबार दैनिक
बुधबार, जेठ १७ २०८०
  • बिहान खाली पेटमा खानै पर्ने ५ खानेकुरा, यसका फाइदाहरु....

    हामीले दैनिक रूपमा आगोमा पकाएर र नपकाई खानेकुराको सेवन बढी नै गरिरहेका हुन्छौँ । केही यस्ता खानेकुरा पनि छन् जसलाई एक रात भिजाएर खाएमा त्यसबाट अरू खानेकुराको भन्दा अधिक फाइदा शरीरले लिन सक्छ ।

    images

    यस्ता किसिमका खानेकुराले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनु साथै मस्तिष्कदेखि पैतलासम्मको हड्डीलाई फाइदा गर्ने गर्छ।यहाँ एक रात भिजाएर खाँदा फाइदा हुने केही खानेकुरा उल्लेख गरिएको छ ।

    मेथी
    मेथीको दाना मेथीको प्रयोग हाम्रो भान्छामा खानेकुराको स्वाद बढाउनका लागि नियमित रूपमा प्रयोग हुँदै आएको छ । यदि मेथीको दानालाई बिहान खाली पेटमा खाएमा स्वास्थ्यमा धेरै किसिमका फाइदा गर्छ ।

    यसमा फाइबर र फस्फोरसको मात्रा धेरै भएको कारण यसले हाम्रो पाचन तन्त्रलाई विशेष फाइदा गर्छ । मधुमेह भएको व्यक्तिले बिहान खाली पेटमा अघिल्लो रात भिजाएको मेथीको सेवन गर्ने हो यो समस्यामा धेरै राहत मिल्छ । यसको नियमित सेवनले दाँत र हड्डीलाई बलियो बनाउन समेत मद्दत गर्छ ।

    देशी बदाम
    देशी बदाममा प्रचुर मात्रामा फाइबर रहेको हुन्छ । जसले पाचन तन्त्रलाई बलियो बनाउन मद्दत गर्छ । अघिल्लो राती भिजाएको देशी बदामलाई बिहान खाली पेटमा खाने हो भने यसले कब्जियतको समस्या पनि हुन दिँदैन भने यसले पेटमा रहेको एसिडिटीको समस्यालाई पनि कम गर्छ । भिजाएको बदाम सेवन गर्दा मस्तिष्कको स्मरण क्षमतामा पनि वृद्धि गर्छ । देशी बदाममा प्रोटिनको मात्रा धेरै हुने हुनाले यसको सेवनले शरीरको मांसपेशीलाई बलियो समेत बनाउँछ ।


    आलस
    आलसको दानामा प्रोटिन, आइरन र ओमेगा थ्री फ्याट्टि एसिड हुन्छ । यो तत्त्व हाम्रो शरीरको लागि धेरै नै उपयोगी मानिन्छ । आलसको दानालाई अघिल्लो रात भिजाएर भोलिपल्ट बिहान खाने हो भने यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई कम गरेर मुटुलाई बलियो बनाउन मद्दत गर्छ । आलसको दानामा प्रोटिन पनि रहेको हुन्छ । यसले शरीरको मांसपेशीलाई समेत बलियो बनाउन मद्दत गर्छ ।

    दाख वा किसमिस
    दाख व किसमिसलाई अघिल्लो रात भिजाएर बिहान खाली पेटमा खाने हो भने यसले शरीरमा भएको एनिमिया, किड्नीमा रहेको पत्थरी, छालाका विभिन्न समस्या र पेटका धेरै किसिमका समस्याहरूलाई हटाउन मद्दत गर्छ । दाखमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबर प्रचुर मात्रामा पाइन्छ । यसमा रहेको पोटासियमले हाई ब्लड प्रेसरको समस्यालाई कम गर्न मद्दत गर्छ । यसमा प्राकृतिक रूपमा गुलियो पदार्थ रहेको हुन्छ जसले शरीरलाई कुनै किसिमको हानी गर्दैन ।

    मुङको दाल
    मुङको दाललाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । मुङको दाललाई भिजाएर टुसा उम्रिएपछि खानु सबैभन्दा राम्रो मानिन्छ । यसरी सेवन गर्दा यसमा प्रोटिन, फाइबर र भिटामिन बिको मात्रा पर्याप्त हुन्छ । यसको नियमित सेवनले पाचन प्रणालीलाई राम्रो गर्नुका साथै कब्जियत र ग्याँसको समस्याबाट समेत छुटकारा पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ