बुधबार, जेठ ९ गते २०८१

बालेनले किन दिए अस्पताल प्रशासन बन्द गर्ने चेतावनी?

बालेनले किन दिए अस्पताल प्रशासन बन्द गर्ने चेतावनी?

अखबार दैनिक
बुधबार, जेठ १७ २०८०
  • बालेनले किन दिए अस्पताल प्रशासन बन्द गर्ने चेतावनी?

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले छुट सुविधासम्बन्धी विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुलाई नियमन र कारबाही गर्न स्वास्थ्यमन्त्रीलाई अनुरोध गरेको बताएका छन्। स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई ति स्वास्थ्य संस्थाहरुको विवरण उपलब्ध गराएको भन्दै मेयर बालेनले सोही अनुसार कारबाही गर्न अनुरोध गरिएको बुधवार सामाजिक सञ्जालमार्फत जानकारी दिए।

    images

    ‘यदि मन्त्रीज्यूले ७ दिनभित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ,’ बालेनले चेतावनी दिएका छन्।

    स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउनेतर्फ मन्त्री बस्नेतको ध्यानाकर्षण गराएको उनले बताए।

    बालेनले भनेका छन्, ‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ।’

    महानगरले यसअघि पालिकाभित्र रहेका अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्यसम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्नेलगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा गत जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार