काठमाडौं । अन्तत नमस्ते नेपाली ब्याण्डको १० बर्ष पछि हिजो काठमाडौं स्थित आलिसान लाउन्ज एण्ड वारमा भब्य कन्सर्ट सम्पन्न भएको छ । प्रेम हो एउटा सुनौलो सपना बोलको गित पहिलो पल्ट गायर आफ्नो गायन यात्रामा प्रबेस गरेका भोकलिस्ट द्धय बालकृष्ण भट्टले नाईन्टिजका अन्य थुप्रै कणप्रिय गितहरू गाएका थिए ।
आफ्नो पुरानो ब्याण्डलाई पुनः जीवन्त दिन नयाँ गितहरूको कम्पोज र रेकडींगमा लाग्नुभएका भट्टले यस संगै उहांहरूको ब्याण्डको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ठूला ठूला कन्सर्टहरू सम्म हुने बताईएको छ ।
१० बर्ष पछि नयाँ गित तथा संगितका साथमा ब्याण्डले नेपाली रक म्यूजिकको संसारमा फेरी पाईला टेकेको हो । नयाँ गित ऐहजुर, यो मन दुस्मन, भो भेट्दिन तिमीलाई जस्ता गितहरू रेकर्डिङमा लागिरहेका उनको लगत्तै काठमाडौं, पोखरा र सौराहमा कन्सर्ट हुने जनाईएको छ ।
ब्याण्डले काठमाडौंको चर्चित पव लन्डनपब र अपटाउन झम्सीखेल, पोखराको क्लव सिक्ट्रिन र तेरान लाउन्ज बार, सौराहको क्लब चितवनमा आफ्नो संगितीक प्रस्तुतीहरू दिने ब्याण्डका भोकलिस्ट बालकृष्ण भट्टले बताए ।
ब्याण्डमा लिड गितारमा अनिस थापा बेस गिटारमा सागर राना भाट र ड्रमरमा बाबुराम नेपाल रहेकाछन् ।भने ब्याण्डले नब्बेको दशकको चर्चित र अन्य हिट गितहरू समेत गाउदैं स्टेज तताउने गरेको छ ।