मंगलबार, जेठ ८ गते २०८१

बच्चालाई स्वींमिगबाट हुने फाइदा

बच्चालाई स्वींमिगबाट हुने फाइदा

अखबार दैनिक
शुक्रबार, जेठ १२ २०८०
  • बच्चालाई स्वींमिगबाट हुने फाइदा

    एजेन्सी - स्वींमिग गर्नु स्वास्थ्यका लागि एकदमै राम्रो कसरत मानिन्छ । बच्चालाई स्वीमिंग गराउँदा मोटोपन घट्नुका साथै शारीरिक विकासमा पनि सहयोग पुग्छ ।

    images

    आउनुहोस् जानौं बच्चाले स्वीमिंग गर्दा कस्ता फाइदा हुन्छन् :-
    - यदि तपाईंको बच्चा अत्यधिक तौलको छ र घटाउन चाहनुहुन्छ भने स्वीमिंग गराउन सक्नुहुन्छ । स्वीमिंग गर्दा धेरै क्यालोरी बर्न हुन्छ, जसले तौल घटाउन सजिलो हुन्छ ।

    - बच्चालाई स्वीमिंग गराउँदा मांसपेशीहरु बलियो हुन्छन् । जसले गर्दा जोर्नी तथा हड्डी पनि स्वस्थ रहन्छन् । 

    - स्वीमिंग गर्नाले उनीहरुको हड्डीसँग जोडिएको समस्याको आशंका कम हुन्छ ।

    - स्वीमिंग गर्नाले सम्पूर्ण शरीरको मुभमेन्ट हुन्छ जसले हरेक अंग बलियो हुन्छन् । 

    - बच्चाको स्ट्रेन्थ बढाउन पनि यसले सहयोग गर्छ ।

     - स्वीमिंग गर्दा शरीरको पोश्चर पनि राम्रो हुन्छ । त्यस्तै स्वीमिंग गर्नु मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

    - नियमित रुपमा स्वीमिंग गरिरहने बानी भएमा बच्चालाई स्ट्रेस तथा डिप्रेशन हुने खतरा पनि हुँदैन ।

    - स्वीमिंग गर्नु स्वास्थ्यसँगै छालाका लागि पनि राम्रो हुन्छ । स्वीमिंग गरेपछि वा गर्नुअघि मोइस्चराइज भने गर्नु पर्ने हुन्छ । त्यसैले बच्चालाई समयमै स्वीमिंग सिकाउनुहोस् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार