आइतबार, मंसिर २ गते २०८१

कान्समा सन्नी लियोनीको फिल्मलाई सात मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’

कान्समा सन्नी लियोनीको फिल्मलाई सात मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’

अखबार दैनिक
शुक्रबार, जेठ १२ २०८०
  • कान्समा सन्नी लियोनीको फिल्मलाई सात मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’

    काठमाडौं । निर्देशक अनुराग कश्यपको फिल्म ‘केनेडी’ले कान्स फिल्म फेस्टिभलमा सात मिनेट ‘स्ट्यान्डिङ ओभेसन’ पाएको छ । यो फिल्म फ्रान्सको स्थानीय समयअनुसार बिहीबार बिहान सवा १२ बजे द ग्रान्ड लुमियर थिएटरमा मिडनाइट स्क्रिनिङ श्रेणीमा देखाइएको थियो । फिल्मको प्रदर्शन सकिएपछि दर्शकले उठेर सात मिनेटसम्म प्रशंसा गरेका थिए ।

    images

    फिल्मको कथा एक प्रहरी अफिसरमा आधारित छ, जो अनिद्राको समस्याबाट पीडित छन् । उनी विभिन्न देशको बीचमा आफूलाई खोजिरहेका हुन्छन् । आफ्नो फिल्मको स्क्रिनिङबारे सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशक अनुराग कश्यपले भने, ‘कान्सजस्ता फिल्म फेस्टिभलमा आफ्नो फिल्मलाई विश्वसामु प्रस्तुत गर्न पाउनु विशेष कुरा हो । द ग्रान्ड लुमिएर थिएटरमा मेरो फिल्म स्क्रिनिङ हेर्न पाउनु मेरो लागि जीवनभरको उपलब्धि हो ।’

    Sunny-Leone-in-Cannes2.jpg

    उनले अगाडि भने, ‘केनेडी मेरो लागि निकै विशेष फिल्म हो । म यो फिल्मसँग व्यक्तिगत सम्बन्ध महसुस गर्छु । यो फिल्म बनाउन मैले आफ्नो पूरा मन लगाएको छु । दर्शकले फिल्मलाई सात मिनेटको स्ट्यान्डिङ ओभेसन दिनुभयो । यसका लागि म उहाँहरुप्रति आभारी छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार