मंगलबार, जेठ ८ गते २०८१

नजानेर नर्सहरूलाई चोट पुर्‍याएँ भन्दै गिभिनाले मागिन् माफी

नजानेर नर्सहरूलाई चोट पुर्‍याएँ भन्दै गिभिनाले मागिन् माफी

भरतपुर अस्पतालकी नर्सको विषयमा भिडियो बनाएर विवादिद बन्नुभएकी कथित सामाजिक अभियन्ता गिभिना मगरले माफी माग्नुभएको छ । 

अखबार दैनिक
बिहीबार , जेठ ११ २०८०
  • नजानेर नर्सहरूलाई चोट पुर्‍याएँ भन्दै गिभिनाले मागिन् माफी

    गिभिनाले आफूले नजानेर गल्ती गरेको भन्दै बुधबार सार्वजनिक रुपमा माफी माग्नुभएको हो । आफ्नो कारणले गर्दा नर्सिङ पेशामा आवद्ध सबैलाई चोट पुगेको, चरित्र हत्या भएकोमा धेरै दुःख लागेको गिभिनाले स्वीकार गर्नुभएको छ ।  आफ्नो त्यो उद्देश्य नरहेको र मान्छेबाट भुल हुने भएकाले आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिवद्धता गिभिनाले व्यक्त गर्नुभएको छ। 

    images

    नघट्नु पर्ने घटना घटेर सबैलाई दुखी बनाएको उहाँको स्वीकारोक्ति छ। आफूलाई पनि नर्सिङ पेशा एकदमै मनपर्ने तर आर्थिक अभावका कारण नर्सिङ पढ्न नपाएको दुखेसो गिभिनाको छ। 

    बिरामीको कुरामा भवनामा डुबेर कुरा नबुझी भिडियो बनाएको उहाँको भनाइ छ। नर्सलाई गाली नगर्न र आफ्नो कारणले सुरु भएको यो विषय आफूले माफी मागेसँगै अन्त्य हाेस् भन्ने आग्रह गिभिनाको छ।

    आफू र भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत नर्सबीच भएको विवादको भिडियो गिभिनाले सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको थियो। 
    उक्त भिडियोमा नकारात्मक कमेन्ट आएका थिए । नर्सहरुमाथि तथानाम गाली आउन थालेपछि नर्सहरुले चरित्र हत्या भएको भन्दै आपत्ति जनाएको थिए । 

    भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न गिभिनालाई कारबाहीको माग गर्दै नर्सहरु आन्दोलित भएका थिए।

    गिभिना मगरले सार्वजनिक रुपमा मागेको माफी

    सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु । 

    जुन नघट्नु पर्ने घटना घटेर सबैलाई दुखी बनाएको छ । सबै जनालाई दुखी बनाउने मेरो उद्देश्य थिएन। 

    म एउटा सामान्य परिवारको छोरी हो । यहाँनेर अर्चना बुनुको लागि उसलाई नयाँ जीवन दिन्छु भनेर आएको थिएँ । 

    मैले नसोचेकै घटना घट्यो, जुन घट्नु हुँदैनथ्यो । भरतपुर अस्पतालमा उपचार हुँदै गर्दा यो घटना घटेको थियो । 

     त्यहाँनेर म्याम र मेरो चाँही अलिकति समस्या उब्जिएको थियो । त्यसमा अलिकति मिस अण्डरस्टान्डिङ भएको थियो । म पनि बिरामीको कुरामा अलिकति भवनामा डुबेर औषधि दिने विषयमा टाइमको फरक प¥यो भनेर समस्या उत्पन्न भएको थियो । 

    सबैकुरा मलाई जानकारी नभएको कारण मैले टाइमको फरक पर्दा बिरामीलाई असर पर्ला भन्ने सोचेर त्यो टाइम किन फरक प¥यो भनेर प्रश्न गरेको थिएँ । त्यही कारणले यो समस्या निम्तिएको थियो।

    सायद मान्छेबाटै भूल हुन्छ त्यसै कारणले गर्दा मबाट पनि एउटा भुल भएको छ । यही भुलले यसकै कारण धेरै जना जो नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ उहाँहरुलाई चोट पुगेको छ । त्यो मेरो उद्देश्य र चाहना थिएन । 

    म नानुलाई बचाउछु भन्ने सोच मात्रै लिएर आएको थिएँ । एक्कासी थाहा नपाइ यो घटना घट्न पुग्यो । 

    यसबाट सम्पूर्ण जति पनि नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ । उहाँहरुको चरित्र हत्या भएको छ त्यहाँनेर तथानाम गाली पनि गरिएको छ। जुन कुराले धेरै जना जो नर्सिङ पेशाम आवद्ध हुनुहुन्छ उहाँहरुलाई चोट पुगेको छ। 

    त्यो मेरो चाहना थिएन। म आफैँ पनि फ्लोरेन्स लाइटिङ्गलबाट प्रभावित मान्छे हो । मलाई पनि नर्सिङ पेशा एकदमै मनपर्छ । त्यसैलाई म सामाजिक कार्यमा अगाडि बढिरहेको थिएँ । म आफैँलाई पनि नर्सिङ पेशामा आवद्ध हुन मन थियो । तर आर्थिक अभावले गर्दाखेरी त्यो समयमा मैले पढ्न नपाएको हो। 

    मैले जानेर या नजानेर अन्जानमा भएको यो भुलले गर्दा नर्सिङ पेशामा आवद्ध सम्पूर्णलाई समस्या आएको कारणले गर्दा खेरी उहाँहरुको जुन काम छ पेशा छ । त्यसमा चाँही विभिन्न प्रश्नहरु आएको कारणले उहाँहरुलाई दुखी बनाएको छ। 

    त्यही कारणले गर्दा आगामी दिनमा उहाँहरुले यो दुःख भोग्न नपरोस, आगामी दिनमा उहाँहरुले गरेको यो पेशाप्रति प्रश्न नउठोस् फेरि पनि यो समस्या सिर्जना नहोस् किनभने मान्छेलाई बचाउने, जन्मदिने भगवान पछिको चाँही डाक्टर, नर्स हुनुहुन्छ।

    कसैले पनि डाक्टर, नर्सलाई नकारात्मक रुपमा नलिइलिनुहोला किनभने हामीलाई केही भयो भने गाह्रो भयो भने जाने भनेको हस्पिटल नै हो । 

    मेरो उद्देश्य उहाँहरुलाई नराम्रो बनाउने, नराम्रो भन्ने थिएन । जुन गल्ती मबाट भयो । अगामी दिनमा यो गल्ती हुनेछैन । उहाँहरुलाई दुईहात जोडेर सबैलाई अनुरोध गर्छु उहाँहरुलाई तथानाम भनिएको छ । उहाँहरुको पेशामा प्रश्न उठेको छ, यो कसैले पनि नगरिदिनुहोला। 

    मेरो आफ्नो भुलको कारणले गर्दा उहाँहरुलाई यस्तो खालको समस्या आएको कारणले आफै धेरै दुःखी छु । कसैलाई दुःख दिनु, कसैको मनमा चोट पु¥याउनु त्यो एक किसिमले पाप नै हो । 

    त्यसैले मबाट पनि यस्तो खालको पाप नहोस् हजुरहरुबाट पनि पाप नहोस् । यत्ति भन्दै जति जनाको मन दुखाएको छु , नर्सिङ पेशामा जति पनि आवद्ध हुनुहुन्छ उहाँहरुको चरित्रमा दाग लाग्ने काम भएको छ । यसको लागि म क्षमा माग्दै सबै जनालाई अनुरोध गर्छु नर्सिङ पेशालाई सम्मान गर्नुहोस् । 

    भरतपुर क्यान्सर हस्पिटल असाध्यै राम्रो हस्पिटल भन्ने चिनिदै आएको छ यसप्रति गलत भ्रम फैलिएको छ त्यो नहोस् । म बाटै नै सुरु भएको थियो म बाटै नै अन्त्य होस् धन्नवाद  ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार