आइतबार, जेठ २७ गते २०८२

नेपाल घुमाउने सहयोगीलाई अजित कुमारले दिए १९ लाखको बीएमडब्लु बाइक उपहार

नेपाल घुमाउने सहयोगीलाई अजित कुमारले दिए १९ लाखको बीएमडब्लु बाइक उपहार

अखबार दैनिक
बुधबार, जेठ १० २०८०
  • नेपाल घुमाउने सहयोगीलाई अजित कुमारले दिए १९ लाखको बीएमडब्लु बाइक उपहार

    काठमाडौं । दक्षिण भारतीय अभिनेता अजित कुमार बाइकका सौखिन हुन् । उनले हालै बाइकमार्फत नेपाल र भुटानको यात्रा गरे । आगामी नोभेम्बरमा उनले पुनः बाइक यात्रा थाल्दैछन् । यो सबथोकपछि अजितले एक दयालु स्वभाव देखाएर प्रशंसकको मन जितेका छन् ।

    images

    अजितले सहयात्री सुगत सतपथीसँग नेपाल र भुटान भ्रमण गरेका थिए । धन्यवादको प्रतीकको रूपमा अजितले आफ्नो नेपाल बाइक टुर आयोजना गरेकोमा सुगतलाई १२ लाख भारु मूल्य पर्ने सुपरबाइक उपहार दिए । सुगतले अजितका लागि दुईपटक बाइक यात्राको आयोजना गरेका थिए ।

    सम्मानस्वरुप अजितले उनलाई १२ लाख भारु पर्ने बीएमडब्लु सुपरबाइक उपहार दिए । सुगत लेख्छन्, ‘२०२२ को अन्त्यमा म भाग्यशाली रहें । तमिल फिल्म उद्योगका सबैभन्दा ठूला सुपरस्टारमध्येका एक अजित कुमारको सम्पर्कमा आउन सकें । मैले उनका लागि उत्तरपूर्व क्षेत्र भ्रमणको आयोजना गरें । उनको सवारी पछ्याउँदै नेपाल भ्रमण गर्ने वाचा गरे । मसँग भुटान (उनको विश्व भ्रमण योजनाको एक हिस्सा) पनि थियो जुन हामीले भर्खरै मे ६ मा पूरा गर्‍यौं । यात्रामा हामीले धेरै अविस्मरणीय सम्झना सिर्जना गर्‍यौं, थुप्रै माइल दौड्यौं । धेरै सुन्दर सूर्यास्त र सूर्योदय देख्यौं ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ