आइतबार, मंसिर २ गते २०८१

रातो मत्स्येन्द्रनाथको रथयात्रा जारी [फोटोफिचर]

रातो मत्स्येन्द्रनाथको रथयात्रा जारी [फोटोफिचर]

अखबार दैनिक
मंगलबार, जेठ ९ २०८०
  • रातो मत्स्येन्द्रनाथको रथयात्रा जारी [फोटोफिचर]

    काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल तानिएको छ । सोमबार दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेल तानिएको हो ।

    images

    IMG_7145.jpg

    वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पती, शान्ति समृद्धि लगायत सबैकुरा मागे पनि मेरोरूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरु बताउँछन् ।

    IMG_7102.jpg

    रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

    IMG_7107.jpg

    पुल्चोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ ।

    IMG_7078.jpg

    यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा  समापन हुन्छ ।

    IMG_7173.jpg

    पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुआत गराइएको किंवदन्ती छ ।

    IMG_7166.jpgIMG_7064.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार