आइतबार, मंसिर २ गते २०८१

दुवै खुट्टा गुमाएर पनि सगरमाथाको चुचुरोमा पुगेका हरि बुढामगरको भव्य स्वागत

दुवै खुट्टा गुमाएर पनि सगरमाथाको चुचुरोमा पुगेका हरि बुढामगरको भव्य स्वागत

अखबार दैनिक
मंगलबार, जेठ ९ २०८०
  • दुवै खुट्टा गुमाएर पनि सगरमाथाको चुचुरोमा पुगेका हरि बुढामगरको भव्य स्वागत

    काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरको काठमाडौँमा भव्य स्वागत गरिएको छ । बुढामगरलाई पर्यटनमन्त्री सुदन किरातीले अभिनन्दन समेत गरेका छन् ।

    images

    hari-budhamagar-(11)_wWSKgPgITT.jpg

    वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

    hari-budhamagar-(12)_aGfvGlZCL6.jpg

    कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।

    hari-budhamagar-(15)_UVyQbZeNvt.jpg

    बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्याउँदै भनेका थिए, “हामी सफल भयौँ ।”  हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।

    hari-budhamagar-(2)_dqEMDv4O0R.jpg

    बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए । 

    hari-budhamagar-(3)_YelWpA4oyY.jpg

    सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका आरोहण गरेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ ।

    hari-budhamagar-(5)_TqlTvnMeBa.jpghari-budhamagar-(6)_QyRdVKhEos.jpghari-budhamagar-(9)_4kD1a1Z8Jd.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार