मंगलबार, जेठ ८ गते २०८१

फलफूलमा नुन छरेर खानुका बेफाइदा

फलफूलमा नुन छरेर खानुका बेफाइदा

अखबार दैनिक
सोमबार, जेठ ८ २०८०
  • फलफूलमा नुन छरेर खानुका बेफाइदा

    एजेन्सी । फलफूल छाला र अन्य स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । मानिस फलफूललाई विभिन्न प्रकारले खान रुचाउँछन् । कतिपयले स्मूदी बनाउँछन् भने कतिपय जुस पिउन रुचाउँछन् ।

    images

    कतिपयले फलफूल काटेर नुन छरेर खाने गर्दछन् । यसरी खाँदा स्वादका लागि राम्रो भए पनि स्वास्थ्यका लागि भने हानिकारक हुन्छ । फलफूलमा नुन राखेर खाँदा हुने बेफाइदा बारे जान्नौं ।
    फलफूलसँग नुन खानु मुटुका लागि नोक्सानदायक हुन्छ । यसले हृदयघातको खतरा बढेर जान्छ । 

    त्यसैले फलफूलमा नुन राखेर खानबाट बच्नुहोस् 

    - त्यस्तै फलफूलमा धेरै नुन राखेर खाने गरेमा मिर्गौला सम्बन्धी समस्या पनि बढ्न सक्छ । नुन शरीरको पानी पिसाव तथा पसिनाको रुपमा बाहिर निस्कन्छ जसले मिर्गौला सम्बन्धी समस्याको खतरा हुन सक्छ ।

    - धेरै नुन खाँदा वाटर रिटेन्शनको समस्या हुन सक्छ । यसले तपाईंको शरीर फुलेको जस्तो देखिन्छ । त्यसैले फलफूलमा नुन खानबाट बच्नुहोस् ।

    - फलफूलमा समेत नुन राखेर खाने गर्दा शरीरमा नुनको मात्रा बढ्दछ । जसले गर्दा उच्च रक्तचापको समस्या बढ्न सक्छ ।

    - फलफूलमा नुन छरेर खाँदा फलबाट पानी बाहिर निस्कन्छ । यस्तोमा फलफूल खानुको फाइदा नै नहुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार