शनिबार, मंसिर १ गते २०८१

प्रधानमन्त्रीलाई फोटो पत्रकारका ७ बुँदे ज्ञापन पत्र

प्रधानमन्त्रीलाई फोटो पत्रकारका ७ बुँदे ज्ञापन पत्र

अखबार दैनिक
बुधबार, जेठ ३ २०८०
  • प्रधानमन्त्रीलाई फोटो पत्रकारका ७ बुँदे ज्ञापन पत्र

    काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

    images

    ज्ञापन पत्रमा नेपालमा विभिन्न संचार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

    त्यस्तै ’फोटो पत्रकारिताको माध्यमबाट जीविकाउपार्जन गर्ने सम्पूर्ण पत्रकारहरूको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरूलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्’  ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    त्यस्तै, फोटो पत्रकारहरूलाई व्यावसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिक रूपमा बजेट नियमित उपलब्ध गराउन र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ ।

    ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरूका माग जायज भएको बताउँदै माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए । ‘मागहरू जायज रहेका छन् त्यति ठुला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार