२ जेठ, काठमाडौं। पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १०३ नमूनामध्ये ३८४ जजनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १०० पुगेको छ भने १० जना संस्थागत आईशोलेशनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
मंगलबार मात्रै कोरोनाको २४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।