दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।
उनीहरुलाई गएराति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्याइएको छ ।