शनिबार, मंसिर १ गते २०८१

भारतीय महिला लिग : नेपाली खेलाडी सम्मिलित चार टोली क्वाटरफाइनल

भारतीय महिला लिग : नेपाली खेलाडी सम्मिलित चार टोली क्वाटरफाइनल

अखबार दैनिक
आइतबार, वैशाख ३१ २०८०
  • भारतीय महिला लिग : नेपाली खेलाडी सम्मिलित चार टोली क्वाटरफाइनल

    ३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रि महिला फुटबल टिमका खेलाडीहरु सम्मिलित चार टोली भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    शनिवार लिग चरणका खेलहरु सकिएपछि क्वाटर रफाइनल समीकरण पनि पूरा भएको छ ।

    नेपाली खेलाडीहरु सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला, एन्जिला तुम्बापो सुम्बा रहेको सेथु एफसी क्रमश: समूह ए र बी विजेता बन्दै क्वाटरफाइनल पुगे ।

    यस्तै रेखा पौडेल सहभागि स्पोर्ट्स ओडिशा समूह ए को दोस्रो तथा सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसी समूह बी को दवस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेका छन् ।

    नेपाली खेलाडी रहेको चारवटै टिम सेमिफाइनल पुग्ने सम्भावना पनि छ । किनभने यी चारवटै टिमले क्वाटरफाइनलमा एकआपसमा खेल्नुपर्ने छैन ।

    क्वाटरफाइनलमा विजेता भए सेमिफाइनलमा चारवटै टिममा नेपाली खेलाडी हुनेछन् ।

    समूह ए को विजेता गोकुलम केरलाले क्वाटरफाइनलमा समूह बी को तेस्रो स्थानमा रहेको ओडिसासँग खेल्नेछ भने समूह ए को उपविजेता स्पोर्ट्स ओडिसाले समूह बी को चौथो स्थानमा रहेको इस्टनर स्पोर्ट्ङ युनियनसँग खेल्नेछ ।

    यस्तै समूह बी विजेता सेथुले समूह ए को तेस्रो स्थानमा रहेको इस्ट बंगलादसँग खेल्नेछ भने समूह बी को दोस्रो स्थानको किकस्टार्टले समूह ए को चौथो भएको होप्ससँग खेल्नेछ ।

    क्वाटरफाइनल पुगेका ८ वटै टोली अर्को सिजनको लिगका लागि छनोट भइसकेका छन् ।

    अर्की नेपाली खेलाडी अनिता बस्नेत सम्मिलित लर्ड्स एफए भने समूह चरणबाटै बाहिरिएको छट । अनिता लिग चरणपछि नै घर फर्किएकी छन् । समूह बी मा १ जित र ६ हारको नतिजा निकालेको लर्डस एफए सातौं हुँदै बाहिरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार