शनिबार, मंसिर १ गते २०८१

   शनिदोषबाट मुक्ति पाउन हरेक शनिबार गर्नुहोस् यी काम

   शनिदोषबाट मुक्ति पाउन हरेक शनिबार गर्नुहोस् यी काम

अखबार दैनिक
शनिबार, वैशाख ३० २०८०
  •    शनिदोषबाट मुक्ति पाउन हरेक शनिबार गर्नुहोस् यी काम

    शनिदेवलाई सबै ग्रहमध्ये न्यायाधीशको रुपमा मानिन्छ । मनुष्यका हरेक असल खराब कामका लागी शनिदेवले उचित फल दिने मान्यता स्वरुप न्यायाधीश देवका रुपमा मानिएको हो ।

    images

    यदि कुनै व्यक्तिको कुण्डलीमा शनिको अशुभ छाया छ भने उसले अनेकौं प्रकारको समस्या भोग्नु पर्ने हुनसक्छ । शास्त्रमा शनिदोष कम गर्न र शनिको कृपा पाउन शनिवारका दिन कैयौं प्रकारको उपाय अपनाउन सुझाइन्छ ।

    यदि शनिको साढेसातीको प्रभाव छ भने यसलाई नाश गर्न शनिवार बिहान सबेरै नुहाएर पीपलको रुखलाई जल अर्पित गर्दै सात पटक परिक्रमा गरी ‘ऊं शं शनैश्चराय नमः’ जप गर्नु पर्दछ ।

    हनुमान भक्तप्रती शनिदेव हमेशा कृपा बर्साउने भएकाले शनिवार हनुमान चालीसाको पाठ गर्नु उपयुक्त मानिन्छ । हनुमानको दर्शन र भक्तिले शनिका सबै दोष समाप्त भएर जान्छ ।

     शनिवार साझँ पीपलको रुख मुनी चारमुख भएको दियो बाल्नाले धन, वैभव र यश वृद्धि भएर जानेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार