मंगलबार, चैत २६ गते २०८१

कप्तान किरण चेम्जोङ्गले आफूले सम्मानमा पाएको नगद पुरस्कार दुईसंस्थालाई सहयोग गरे

कप्तान किरण चेम्जोङ्गले आफूले सम्मानमा पाएको नगद पुरस्कार दुईसंस्थालाई सहयोग गरे

अखबार दैनिक
शुक्रबार, वैशाख २९ २०८०
  • कप्तान किरण चेम्जोङ्गले आफूले सम्मानमा पाएको नगद पुरस्कार दुईसंस्थालाई सहयोग गरे

    काठमाण्डौं । नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ्को राजा रानिका दुई सस्थालाइ ५०००० हजार सहयोग ।

    images

    नेपाली राष्ट्रिय फुटबल टोलिका कप्तान किरण चेम्जोङ्गले लेटाङ्ग नगरपालिकाको राजारानीका दुई संस्थालाई आर्थिक सहयोग गरेका छन् ।

    १०औं रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तर्गत बिहिबार फाइनल खेलको दौरान किरण चेम्जोङ्गलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो । तर, कप्त न चेम्जोङ्गले आफूले प्राप्त गरेको ५० हजार रुपैयाँ त्यहीका दुईवटा संस्थामा बराबरी भाग लगाएर सहयोग गरेका हुन् ।

    किरणले आफ्नो बाल्यकाल र शिक्षा आर्जन गरेको श्री पुन्य माध्यमिक विद्यालयलाई नगद २५ हजार र रारा फूटबल क्लब राजा रानिलाई पनि नगद २५ हजार आफूले पाएको सम्मान पुरस्कार रकमबाट सहयोग गरे ।

    kiran-chemjong-with-his-wife-at-letang-2080_rara-goldcup_merokhel.jpg


    उनले आफूले सम्मान ग्रहण गर्ने समयमा बोल्दै आफू जन्मिएर हुर्केको ठाउँ राजारानीको माटो आफ्नो शरिरमा रहेको बताउँदै भावुक भनाई राखेका थिए । उनले आफूमा भएको राजारानीको माटो न पखालिन्छ र न मेटेर जाने प्रतिक्रिया दिएका थिए ।

    साथै किरणले अगामी दिनहरुमा राजारानीबाट नेपालका लागि थप नयाँ युवा फुटबल खेलाडीहरु जन्मिने विश्वास ब्यक्त गरे । उनले आफूले जन्मिएर फुटबल सिकेको स्थानलाई आफूले कहिल्यै बिर्सिन नसक्ने र यस ठाउँको ऋण तिर्न नसक्ने बताए ।

    उनले आफूलाई सम्मान गरेको प्रति राजारानीका आमा बुवा दाजुभाइ दिदिबहिनी र साथीहरूलाई सहृदय धन्यवाद समेत ज्ञापन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ