बलिउड अभिनेता आमिर खान नेपालबाट अपर्झट भारत फर्किएका छन् । उनी विपाश्यनालाई बीचमा नै छोडेर स्वदेश फर्किएका हुन् । ध्यान केन्द्रले यसबारे पुष्टि गरेको छ ।
आमिर विपाश्यनाका लागि आइतबार नेपाल आएका थिए । उनी १० दिनको ध्यानका लागि नेपाल आएका थिए तर यसलाई बीचमा नै छोडेर उनी भारत फर्किएका छन् ।
उनी शुक्रवार बिहान १०ः५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । उनले ध्यानलाई बीचमै छोडेर किन भारत फर्किए भन्ने बारे जानकारी भने आइसकेको छैन ।