काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले सरकारले जारी गर्न लागेको विज्ञापन नीतिको विरोध गर्दै आन्दोलन जारी राखेको छ ।
आनले विज्ञापन बोर्डअगाडि धर्ना दिएको छ । सरकारी विज्ञापनमा एकद्वार नीति खारेजी, सञ्चारमाध्यमको दररेट कायम हुनुपर्ने, विज्ञापन बोर्ड विज्ञापन बाँड्ने अखडमात्र हुन नहुने, विज्ञापनमा पारदर्शीता हुनुपर्ने, विज्ञापन आचार संहिता लागू गर्नुपर्ने, बोर्डमा संघको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने एजेन्डा उठाएको अध्यक्ष सोमप्रसाद धितालले बताए ।
धितालले भने, ‘आनको माग सम्बोधन नहुन्जेलसम्म आन्दोलनलाई चरणबद्धरूपमा अझ सशक्त बनाई अगाडि बढ्नेछ । विरोध जारी रहने छ ।’