शनिबार, मंसिर १ गते २०८१

कर्णालीमा ‘पैसा महोत्सव’ हुँदै

कर्णालीमा ‘पैसा महोत्सव’ हुँदै

अखबार दैनिक
आइतबार, वैशाख २४ २०८०
  • कर्णालीमा ‘पैसा महोत्सव’ हुँदै

    सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक ‘पैसा महोत्सव’ हुने भएको छ । कर्णाली बेसिन कन्जरवेशन फाउन्डेसनले (केबीसीएफ) ले मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा महोत्सव गर्न लागेको हो । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश र मोडेल कलेजसँगको सहकार्यमा उक्त महोत्सव गर्न लागिएको हो । कर्णाली प्राकृतिक अनुपम उपहार भएपनि पछाडि पर्नुका कारण खोज्ने र लगानी भित्राई ‘सुखी कर्णालीवासी, समृद्ध कर्णाली’का आधार तय गर्ने उद्देश्य महोत्सवको रहेको छ । 

    images

    फाउण्डेशनका कर्णाली प्रदेशका कार्यकारी निर्देशक गौरव देवकोटाका अनुसार  वित्तीय लगानी, उद्योगमा सृजनात्मकता र नवीनता समर्थन गर्न र व्यवसायहरूको विकासको लागि विकास आवश्यकता खोज्ने, वित्त पहुँचको अवसर प्रदान गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

     यो महोत्सवमा विभिन्न क्षेत्रका विशेषज्ञहरूसँग अन्तरक्रिया, व्यापार सल्लाहकारहरूद्वारा व्यावसायिक योग्यता सुधार र आउने उद्यमीहरूका लागि उद्योग सल्लाह समावेश गरिने छ ।  

    यो उत्सव उपयुक्त साझेदारहरूलाई एकीकृत गर्ने, कर्णालीको आर्थिक र मानवीय पुँजी विकासमा पैसा, वित्त, बैङ्किङ, लगानी र बीमाको सकारात्मक भूमिका विषयमा केन्द्रित हुने देवकोटाले बताए । ‘यो कार्यक्रमले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि रोजगार सिर्जना र वृद्धि गर्न समर्थन नीति बढाउने र सामाजिक जिम्मेवारी सञ्चालनमा नेपाल राष्ट्र बैंकको स्थानीय निर्देशिका जस्ता मुद्दाहरूको सवालहरूको बारे समाधान खोज्ने प्रयास गर्ने छ,’ उनले भने । 

    साथै उत्सवमा वित्तीय क्षेत्रका विभिन्न स्टेकहोल्डरहरु, सरकारी विभागहरू, वित्तीय संस्थाहरू, र उद्यमीहरूलाई जोडेर उपलब्धि प्रदान गर्नेछ । उद्यमयता  लागू गर्ने, कर्णालीको वित्तीय समावेशनद्वारा स्थायी आर्थिक विकास प्रोत्साहन गर्ने र क्षेत्रको वित्तीय क्षेत्रमा आवश्यकताहरू र अवसरहरूलाई चर्चा पनि गरिने छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार