शनिबार, मंसिर १ गते २०८१

एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

अखबार दैनिक
शुक्रबार, वैशाख २२ २०८०
  • एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एचआईभी एड्स संक्रमितहरुको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठिमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेका हुन् । 

    images

    उनले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताए । उनले विभेदमा परेकाहरुले प्रहरीमा उजुरी गर्न आग्रह पनि गरे ।  प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न उनले आग्रह गरे । 

    उनले भने, ‘सरकारी निकायबाट प्रत्यक्ष रुपमा हुने विभेद र लाञ्छनाका विषयहरु आयोगको क्षेत्राधिकार भित्र पर्छ । आयोगमा जानकारी गराउन हामी अनुरोध गर्छौ । साथै व्यक्तिगत तहमा हुने विभेद अपराधको विषय हो । प्रहरीले त्यो विषय हेरेन भनेपनि आयोगले हेर्छ । दण्डनीय हुने कुरालाई लुकाएर हुँदैन ।’

    उनले एचआईभी संक्रमितलाई परिवार, समुदाय र विद्यालयहरुमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि विभेद हुने गरेको उल्लेख गरे । त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गरे । 

     उजुरी उपर कठोरताका साथ कारबाही गरिने उनले बताए । उनले नेपाल प्रहरीले चलाइरहेको अल्पसंख्यकसँग नेपाल प्रहरी भन्ने कार्यक्रममा एचआईभी संक्रमितलाई पनि अल्पसंख्यक मानेर समावेश गराउने प्रतिवद्धता व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार