मुल समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कुटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहने सदस्य सचिव सानु राजा शाक्यले बताए ।
आज नै बुद्धको अस्तु धातु रहेको नवलपरासीको रामग्राममा अस्तुधातु यात्रा निकालिने भएको छ । पण्डितपुरदेखि रामग्रामसम्म अस्तुधातु यात्रा गरी बुद्ध जयन्ती विशेष समारोहको आयोजना गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । रामग्राममा पर्यटन संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालिले सम्बोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
_bSrbV1bd16.jpg)
_HhWFWc00Gp.jpg)
_4l6XLrLcMR.jpg)
_dt4LyvoFLW.jpg)
_TwpwJueNJ8.jpg)


