काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा युएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ ।
नेपालले सुरुमै ३ विकेट गुमाएको छ । यो समाचार तयार पार्दासम्म नेपालले १२ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर २७ रन मात्रै बनाएको छ । नेपालका कुशल भुर्तेल र रोहित पौडेल एक एक रनमा आउट भए भने आशिफ शेखले ८ रन बनाए ।
यसअघ नेपालले यूएईलाई १ सय १७ रनमा अलआउट गर्यो । वर्षाका कारण हिजो सोमबार स्थगित भएको खेल आज पुन सुरु भएको थियो ।
यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएको अवस्थाबाट खेल सुरु गरेकोमा थप ११ रन बनाउँदा अलआउट भयो ।
नेपालका लागि ललित राजवंशीले ४ तथा करण केसी र सन्दीप लामिछानेले २/२ विकेट लिए । यस्तै सोमपाल कामी र गल्सन झाले एक एक विकेट लिए ।
यूएईका आशिफ खानले ४५ रन बनाउनुबाहेक अरुले १५ रन भन्दा धेरै बनाउन सकेनन् ।