शनिबार, मंसिर १ गते २०८१

कीर्तिपुरमा छातामुनि दर्शक (तस्वीरसहित)

कीर्तिपुरमा छातामुनि दर्शक (तस्वीरसहित)

अखबार दैनिक
सोमबार, वैशाख १८ २०८०
  • कीर्तिपुरमा छातामुनि दर्शक (तस्वीरसहित)

    १८ वैशाख, काठमाडौं । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल दुई पटक अवरुद्ध भयो ।

    images

    वर्षाका कारण दुई/दुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका दर्शकहरू भने धैर्यतापूर्वक मैदानमै बसेका छन् ।

    nepali-Cricket-fan-_Nepal-Vs-UAE-math-4.jpg

    यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पहिलो पटक रोकिएको खेल दोस्रो पटक २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा रोकिएको छ । तर, दर्शकहरू छाता ओढेर खेल पर्खिरहेका छन् ।

    nepali-Cricket-fan-_Nepal-Vs-UAE-math-6.jpg
    \

    वर्षा भइरहेकोले तत्कालै खेल हुने सम्भावना न्यून भए पनि दर्शकले मैदान छोडेका छैनन् । मैदान बाहिर पनि दर्शक छाता ओढेर खेल सुरु हुने प्रतीक्षामा छन् ।

    nepali-Cricket-fan-_Nepal-Vs-UAE-math-7.jpg


    बिहानैदेखि टीयू मैदान दर्शकले भरिएको थियो । हल्का वर्षामै खेल सुरु भएपछि दर्शकले कोही छाता ओढेर कोही भिज्दै खेल हेरिरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार