प्यारासाइट टोक्सोप्लाज्मा गोन्डी त्यो परजीवी हो जुन विश्वको आधा जनसङ्ख्याको दिमागमा लुकेको हुन्छ । यद्यपि, यसका लक्षण सायदै कहिल्यै देखिन्छ । तर यदि यो परजीवीले मुसालाई सङ्क्रमित गर्यो भने यसले उक्त मुसाको दिमागलाई नियन्त्रण गरेर व्यवहार परिवर्तन गर्न सक्छ ।
अब अनुसन्धानकर्ताले आफूहरू मानिसमा टि. गोन्डी सङ्क्रमणको उपचार नजिक पुगेको दाबी गरिरहेका छन् । यो परजीवी आफ्नो निष्क्रिय र रक्षात्मक स्थितिमा हुने भएकोले आजीवन मानिसको शरीरमा हुनसक्छ । यसलाई ‘माइन्ड कन्ट्रोल प्यारासाइट’ भनिन्छ । टि. गोन्डीले मुसाको दिमागलाई आक्रमण गरे मुसा आफैँ बिरालोको सिकार बन्न त्यसको अगाडि जान्छ ।
तर यसले मानिसको दिमागलाई पनि यसरी नै नियन्त्रण गर्न सक्छ कि सक्दैन भनेर वैज्ञानिकसँग सटिक जानकारी छैन । केही शोधले यसले आक्रामकता, इम्पल्सिभ बिहेवियर र सिजोफ्रेनियाजस्ता चिज हुनसक्ने बताएका छन् । जबकि कति शोधले यसको खण्डन गर्छ ।
टि. गोन्डी भएका मानिसमा खासै केही लक्षण देखिँदैन । तर विरलै देखिने यसको सङ्क्रमणले हल्का फ्लुजस्तो लक्षण वा कहिलेकाहीँ गम्भीर रोग भने निम्तिन सक्छ । यसले भ्रूण, नवजात शिशु र कमजोर प्रतिरोधी क्षमता भएका मानिसमा गम्भीर टोक्सोप्लाजमोसिस हुने सबैभन्दा बढी खतरा हुन्छ जसले आँखा र मस्तिष्कलाई क्षति पुर्याउनुका साथै यो कहिलेकाहीँ घातकसमेत हुनसक्छ ।
एजेन्सी