शुक्रबार, कात्तिक ३० गते २०८१

‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’ बजारमा आउँदै

‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’ बजारमा आउँदै

अखबार दैनिक
बुधबार, वैशाख १३ २०८०
  • ‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’ बजारमा आउँदै

    काठमाडौँ । युवाकवि राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ कविता सङ्ग्रह र हिरण्य भोजपुरेको ‘मुसुक्क म’ लघुकथा सङ्ग्रह विमोचनको लागि तयार भएको छ । नेपालयका अर्पण शर्माका अनुसार आउँदो शनिबार राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ कविता सङ्ग्रह विमोचन कार्यक्रम तय भएको छ । त्यसपछिको शनिबार हिरण्य भोजपुरेको ‘मुसुक्क म’ लघुकथा सङ्ग्रह विमोचन गर्ने तयारी नेपालयको छ । 

    images

    छवटा फरक खण्डमा लेखिएको युवाकवि राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’मा ५१ वटा भिन्न भिन्न स्वादका कविता सङ्कलित छन् । यस्तै हिरण्य भोजपुरेको ‘मुसुक्क म’मा कोरोना महामारीका परिदृश्य र अन्य विषयका गरी सयवटा लघुकथाहरू सङ्कलित छन् । 

    यी दुवै पुस्तकलाई पब्लिकेशन नेपालयले एकसाथ छापा, ई–बुक र ‘अडियो बुक’का रूपमा समेत सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो समय ‘हिति प्रणाली’ र ‘७२ सालको भूकम्प’लगायतका अनुसन्धानात्मक कृति प्रकाशन गरेको पब्लिकेसन नेपालयले अब साहित्यिक पुस्तकलाई प्राथमिकतामा राखेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार