शुक्रबार, कात्तिक ३० गते २०८१

गाःबहालमा रातो मत्स्येन्द्रनाथ दर्शन गर्नेको भीड

गाःबहालमा रातो मत्स्येन्द्रनाथ दर्शन गर्नेको भीड

अखबार दैनिक
बुधबार, वैशाख १३ २०८०
  • गाःबहालमा रातो मत्स्येन्द्रनाथ दर्शन गर्नेको भीड

    काठमाडौँ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाःबहाल पुर्याइएको छ । रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पुर्याइएको हो ।  आज गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ । सोमवारबाट रथ यात्रा शुरु भएको थियो । तर सोही दिन गाःबहाल पुर्याउनुपर्ने भएपनि मंगलवारमात्रै गाःबहाल पुरयाइएको हो । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । 

    images

    पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ ।  मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् । जावलाखेल पुर्याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । 

    हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ । यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । 

    मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमवारबाट रथयात्रा शुरु गरिएको हो ।आज बुधवार बिहानै गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार