पाटन सङ्ग्रहालयमा सुरु भएको प्रदर्शनीको उद्घाटन कार्यक्रमको बीच ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले गरेका थिए । उनले कुमारीले पाउने सेवा सुविधालाई बढाउन रातो पुस्तिकामै उल्लेख गरी संस्थागत गर्ने बताए । ‘कुमारीको जीवनी कुमारी घरभन्दा बाहिर कस्तो हुन्छ भन्ने जिज्ञासा भएर त्यसलाई तस्बिरमार्फत देखाउने योजना बन्यो’, संयोजक डंगोलले भने ‘मसँग कुमारी घरबाट निस्किएपछिको तस्बिर थियो । अगाडिको जीवनी झल्किने तस्बिरहरू फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग भएकाले सहकार्य गरेर प्रदर्शनीको आयोजना गरिएको हो ।’
कराओके इन्टरटेनमेन्टको आयोजनामा रहेको प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ । पूर्व कुमारी बज्राचार्यले प्रदर्शनीमा राखिएको तस्बिरले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनी प्रस्ट्याउने जानकारी दिए । प्रदर्शनीमा ४३ वटा तस्बिर राखिएको छ ।