शुक्रबार, कात्तिक ३० गते २०८१

ढकमक्क फुल्न थाले ज्याकाराण्डा, फेरियो राजधानीको मुहार 

ढकमक्क फुल्न थाले ज्याकाराण्डा, फेरियो राजधानीको मुहार 

अखबार दैनिक
बुधबार, वैशाख १३ २०८०
  • ढकमक्क फुल्न थाले ज्याकाराण्डा, फेरियो राजधानीको मुहार 

    काठमाडौँ । बढ्दो प्रदूषणका कारण वर्षापछि पनि राजधानीको वातावरण सफा देखिँदैन  । देशभर डढेलो फैलनु र मानव सिर्जित अन्य प्रदूषणका कारण काठमाडौँ धुम्म देखिने गरेको छ । सोमबार वर्षा नहुँदासम्म त यो अवस्था थप भयावह थियो । तर, वर्षासँगै तुवाँलो केहीमात्रामा हटेको त छ नै अझै भिजिबिलिटीमा समस्या कायमै छ । 

    images

    11.jpg

    यहीबीचमा राजधानीमा विभिन्न स्थानमा फूलेका ज्याकाराण्डाका फूलहरुले केही भएपनि राहत दिएको छ । राजधानीको घण्टाघर, रत्नपार्क, सिंहदरबार, माइतीघरलगायतका स्थानमा ढकमक्क फुलेका ज्याकराण्डाले जोकोहीलाई मोहित बनाउँछ ।

    12.jpg

     बैजनी फूलहरुले शहरको सोभालाई बढाएको देखिन्छ । फूललाई पृष्ठभूमि बनाएर फोटो खिचाउनेदेखि टीकटक बनाउनेहरु पनि प्रशस्त भेटिन्छन् । 

    13.jpg

    वसन्त ऋतृको आगमनसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्ने मौसम पनि यही हो ।  सानो बोटमा मात्रै सीमित नभइ ठूलो रुखमा पनि फुल्ने हुँदा ज्याकाराण्डालाई सबै ठाउँबाट सजिलै देख्न र हेर्न सकिन्छ । 

    15.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार