११ वैशाख, काठमाडौं । बिहानैदेखिको सिमसिमे वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल साउदी अरबबीचको खेल नहुने संभावना बढेको छ । खेल हुनु पर्ने मूलपानी क्रिकेट मैदानमा सिमसिमे झरी परेकाले खेल नहुने संभावना बढेको हो ।
बिहान ९ बजे सुरु हुने पर्ने खेल मैदान चिसो भएका कारण सुरु हुन सकेको थिएन । त्यसपछि ग्राउण्ड स्टाफहरूले मैदान सुकाउने प्रयास गरे पनि पानी पर्न थालेको थियो । त्यसपछि मैदान फेरि कभरले ढाकिएको छ । र अहिले पनि सिमसिमे वर्षा भइरहेको छ ।
५० ओभरको एक दिवसीय खेल वर्षाका कारण ढिलो सुरु भएमा पनि एक इनिङसमा कम्तिमा पनि २० ओभर हुनै पर्छ । जस अनुसार दिउँसो सवा २ बजेसम्ममा खेल सुरु हुन नसकेमा यो खेल रद्ध हुने छ ।