शुक्रबार, कात्तिक ३० गते २०८१

एलिजा गौतमद्धारा सेन्ट देविस विद्यालयका १० विद्यार्थीलाई कक्षा १ देखि एस.ई.ई. सम्म पूर्ण छात्रावृत्तिको घोषणा

एलिजा गौतमद्धारा सेन्ट देविस विद्यालयका १० विद्यार्थीलाई कक्षा १ देखि एस.ई.ई. सम्म पूर्ण छात्रावृत्तिको घोषणा

अखबार दैनिक
सोमबार, वैशाख ११ २०८०
  • एलिजा गौतमद्धारा सेन्ट देविस विद्यालयका १० विद्यार्थीलाई कक्षा १ देखि एस.ई.ई. सम्म पूर्ण छात्रावृत्तिको घोषणा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी नेतृ एवम् समाजसेवी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि एस.ई.ई. सम्म पूर्ण छात्रावृत्ति प्रदान गर्ने भएकी छिन् । उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएकी हुन् ।

    images

    aliza foundation 12.webp

    आज (आइतबार) विद्यालयमा आयोजित एक समारोहकाबीच उनले विद्यालय व्यवस्थापन टिमसँग उक्त सम्झौता गरेकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्याउने आफ्नो बाल्यकालदेखि चाहना भएको उल्लेख गर्दै उनले आज उक्त चाहना पूरा भएकोमा खुशी व्यक्त गरेकी छिन् । सो अवसरमा फाउण्डेशनकी संस्थापक संरक्षक गीतादेवी भेटुवालको पनि उपस्थिति थियो ।

    aliza foundation 1.webp
    गौतमले फेशबुकमा लेखेकी छिन

    आदरणीय आमा–बुवा, दाजुभाइ तथा दिदि–बहिनी अनि

    मित्रहरु, सबैमा मेरो नमस्कार । समाजसेवाप्रतिको मेरो रुचि दिनानुदिन बढ्दै गएको छ । समाजसेवाको पारिवारिक पृष्ठभूमिबाट आएको हुनाले पनि बाल्यकालदेखि नै मेरो यसप्रति ठूलो रुचि अनि लगाव छ ।

    पछिल्ला दिन मैले एलिजा फाउण्डेशनमार्फत सामाजिक कार्यहरु गर्दै आएकोबारे यहाँहरु जानकार नै हुनुहुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरफाई अनि महिला सशक्तिकरण लगायत समाजका महत्वपूर्ण क्षेत्रमा केही न केही योगदान पुर्याउन पाउँ भन्ने मेरा चाहना पूरा हुँदैछन् । मैले पढेको सुकेधारामा रहेको विद्यालय सेन्ट देवी एकेडेमी ईंग्लिस स्कूलमा प्रमुख अतिथिको रूपमा सहभागी हुने मौका मिलेको छ ।

    यस पावन–पुनीत अवसरमा मैले यस विद्यालयमा अध्ययनतर दश जना गरिब, असहाय र कुनै कारणले शिक्षा लिनबाट बञ्चित भएका विद्यार्थीहरुको लागि कक्षा १ देखि कक्षा एस.ई.ई. सम्म पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छु ।

    आजै विद्यालय व्यवस्थापन पक्षसँग यसबारे मैले सहमतिसमेत गरेको जानकारी गराउन चाहन्छु । आगामी दिनमा छात्रवृत्तिको संख्या (कोटा) पनि बढाउने प्राण गर्दछु । विद्यालयमा शिक्षक  शिक्षिकाहरु अनि विद्यार्थी भाई÷बहिनीहरुले देखाउनुभएको सद्भाव, सम्मान अनि मायाका लागि आभारी छु ।

    सबैको साथ र सहयोगले नै यो सबै सम्भव भएको छ । आगामी दिनमा पनि समाजसेवाका मेरा पाईलाहरु निरन्तर अघि बढ्नेछन् । सबैमा धन्यवाद ।

    एलिजा गौतम
    अध्यक्ष, एलिजा फाउण्डेशन

    प्रतिक्रिया दिनुहोस

    थप समाचार