मंगलबार, जेठ ८ गते २०८१

‘एउटा सपनाको अवसान’ थप तीन दिन मञ्चन हुने

‘एउटा सपनाको अवसान’ थप तीन दिन मञ्चन हुने

अखबार दैनिक
सोमबार, वैशाख ११ २०८०
  • ‘एउटा सपनाको अवसान’ थप तीन दिन मञ्चन हुने

    काठमाडौँ । नाटक ‘एउटा सपनाको अवसान’ को मञ्चन अवधि तीन दिन लम्बिएको छ । निर्माता गोविन्द पराजुलीका अनुसार धेरै दर्शक टिकट नपाएर फर्केको गुनासो आएपछि मञ्चन तीन दिन थप्ने निर्णय गरिएको हो । नाटक अब सोमबार, मंगलबार र बुधबार गरी तीन दिन थप मञ्चन हुनेछ । नाटकको नियमित मञ्चन आइतबार सकिएको थियो ।

    images

    ‘थुप्रै दर्शकले नाटक हेर्न पाइएन भनेर गुनासो गरेको देख्यौँ । केही त घन्टौँ कुरेर पनि टिकट नपाउँदा फर्कनुपरेको छ । सकभर सबैलाई देखाउँ भन्ने मनसायले तीन दिन थप्ने निर्णय गरेका छौँ,’ निर्माता गोविन्द पराजुलीले भने, ‘ठूलो सेट र ठूलो कलाकारको समूह दोहोर्याएर जुटाउन गाह्रो छ । त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्च नगर्ने निर्णय गरेका छौँ । आशा छ यो तीन दिनमा हेर्न चाहाने सबैले नाटक हेर्न पाउनुहुनेछ ।’ गोविन्दले अन्तिम दिन अर्थात् बुधबार १ बजे र ५ बजे गरी दुई सो मञ्चन हुने र योसँगै नाटक मञ्चनले बिट मार्ने जानकारी गराए ।

    नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ ।  अनुप बरालको निर्देशनमा बनेको ‘द डेथ अफ सेल्सम्यान’ को नेपाली अनुवादमा शेखर चापागाइँ, दिव्य देव, दिया मास्के, मेनुका प्रधान, उत्पल झा, विकास जोशी, रोयदिभ श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । नाटक चैत १० गतेदेखि सुरु भएको थियो । नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ