शुक्रबार, कात्तिक ३० गते २०८१

स्वादिष्ट खानाको उत्कृष्ट गन्तब्य भिनोलिभा रेष्टुरेन्ट एण्ड बार

स्वादिष्ट खानाको उत्कृष्ट गन्तब्य भिनोलिभा रेष्टुरेन्ट एण्ड बार

अखबार दैनिक
आइतबार, वैशाख १० २०८०
  • स्वादिष्ट खानाको उत्कृष्ट गन्तब्य भिनोलिभा रेष्टुरेन्ट एण्ड बार

    काठमाडौं । खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको उत्तर ढोका लाजिम्पाटमा भिनोलिभा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा रहेको छ। युवा व्यवसायी बालकृष्ण खड्कासहितको लगानीमा संचालनमा आएको भिनोलिभा रेष्टुरेन्ट एण्ड बार अहिले नेपाली र बिदेशी पाहुनाहरुको सर्बाधिक रोजाईमा परेको छ। 

    images

    vinolive reshtaurent (12).jpg

    भिनोलिभा रेष्टुरेन्ट एण्ड बारले कन्टिनेन्टल खाना देखि ब्रियानी, थकाली खाना, सेकुवा, बर्गर पिज्जालगायत सबै प्रकारका खानाहरुको एकै ठाउँबाट सेवा प्रदान गर्ने खड्काले बताए । त्यसका लागि अलग अलग विधाका सेफहरु द्वारा 'भिनोलिभा रेष्टुरेन्ट एण्ड बार'मा उत्कृष्ट स्वादिष्ट र हाइजेनिक खानाहरु सर्भ गरिन्छ।

    vinolive reshtaurent (10).jpg

    पर्याप्त पार्किङ सहितको राम्रो सुविधा भएका यस रेष्टुरेन्टमा ५ सय जनासम्मको कुनै पनि विबहा, जन्मदिन, बार्षिकउत्सब लगायत पार्टी हाउसको लागि उपयुक्त रहेको उनको भनाइ छ । खड्काका अनुसार साथै ५० जना क्षमताको मिटिङ रुम, भिआईपी रुम, सेप्रेट सेलेव्रेसन रुमहरु, प्रर्याप्त पार्किङलगायतका सबै किसिमका सुविधाहरु रहेका छन् । 

    vinolive reshtaurent (11).jpg

    हाईजेनिक खानाका साथै हरेक दिन फरक फरक प्रकारको स्वादिष्ट परिकारको स्वाद लिन सकिने यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा  चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल,  थकाली खाना देखि ब्रियानी समेतको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । आफ्नो अनुभब तथा स्वदेशमानै केहि गरु भन्ने उदेश्यको साथ रेष्टुरेन्ट पर्यटन व्यवसायमा लगानी गरेको तथा अन्तराष्ट्रिय स्तरको रेष्टुरेन्ट नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।

    vinolive reshtaurent (15).jpg

     रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन्, ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने यस रेष्टुरेन्टमा खानाको पारखी तथा विभिन्न परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना लिएर सेवा सुबिधा प्रदान गरिदै आएको छ । मनोरम शान्त बाताबरण, गार्डेन, फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम, यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।  शान्त र हरियाली वातावरणको माझमा स्वादिष्ट खानाको लागि “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” सम्पूर्ण देश तथा बिदेशी नागरिकको लागि उत्कृष्ट गन्तब्यको साथमा एक विकल्प हुनसक्छ ।

    vinolive reshtaurent (2).jpgvinolive reshtaurent (1).jpgvinolive reshtaurent (6).jpgvinolive reshtaurent (8).jpgvinolive reshtaurent (9).jpg

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार