काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई विशाल लक्ष्य लिएको छ । यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको यूएईले ५० ओभर ४७१ रन बनाएको हो ।
यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । उनीहरुले२४६ रनको साझेदारी गरे । सिंगापुरले जवाफी ब्याटिङ गर्दैछ ।
लगातार दुई हारसँगै अङ्क विहीन सिंगापुर आज पनि दवावमा देखिन्छ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।