शुक्रबार, कात्तिक ३० गते २०८१

‘द भ्वाइस किड्स नेपाल–२’ को भोटिङ राउण्डमा पुगेकी परिश्नाले गरिन् भेटको लागिअपिल (भिडिओसहित)

‘द भ्वाइस किड्स नेपाल–२’ को भोटिङ राउण्डमा पुगेकी परिश्नाले गरिन् भेटको लागिअपिल (भिडिओसहित)

अखबार दैनिक
शुक्रबार, वैशाख ८ २०८०
  • ‘द भ्वाइस किड्स नेपाल–२’ को भोटिङ राउण्डमा पुगेकी परिश्नाले गरिन् भेटको लागिअपिल (भिडिओसहित)

    वैशाख ८ काठमाडौं। सिङ्गिङ रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल–२’ का भोटिङ राउण्डमा पुगेकीबालगायिका परिश्ना बास्तोलाले भोटिङका लागिअपिल गरेकी छन् । 

    images

    आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले सबै दर्शकहरु माझभोटिङको अपिल गरेकीहुन् । उनले खल्तीएप्समार्फत कोच सुशान्त केसीमा गएर आफूलाई भोट गर्नकालागि सबै दर्शक समक्ष आग्रह गरेकी छन् ।

    Parishna Bastola  (2) (1).jpg


    मैले मेरो ब्लाइन्ड र ब्याटल राउन्ड सिध्याइसकें । अब म लाईभ सो भोटिङ राउन्डमा पुगेको छु । अब म लाई तपाईँहरुको सपोर्ट चाहिन्छ । प्लिज म लाई भोट गरिदिनु होला । भोट तपाईँहरुले खल्तीएप्सको माध्यमबाट गर्न सक्नुहुनेछ,’–परिश्नाले भनिन् । सो क्रममा परिश्नाले गीतसमेत गाएकी थिईन् । 

    त्यसैगरी परिश्नाका बाबु निर्मल बास्तोलाले पनि सबै दर्शकसमक्ष भोटको अपिल गरे । ‘लाईभ सो’ मा परिश्माको मात्रै मेहनतले नहुने भन्दै उनले सबैलाई भोट गर्न आग्रह गरे । 

    उनको यो मेहनतले भोटिङ राउन्डसम्म आएको छ । अबचाहीँ परिस्नाको मात्रै मेहनत होइन, दर्शकको पनि आवश्यकता महसुश गरेको छु मैले । धेरैभन्दा धेरै भोट गरेर परिश्नालाई जिताउनुहुन्छ भन्ने मैले आश गरेको छु,’–उनले भने । 

    Paritoshna Bastola.jpg


    त्यसैगरी सामाजिक अभियन्ता तेजराज भुजेलले परिश्माका लागि एक भोट दिनआग्रह गरे । हामीले दिएको भोटका कारण भोलि राष्ट्रमा ठूलो प्रतिभाको जन्महुने उनको दाबी छ । परिश्नाको अबको यात्रा दर्शकको हातमा रहेको उनले बताए । परिश्नामा रहेको क्षमतालाई नजर अन्दाज नगरि दिन पनि उनले आग्रह गरे । 

    यी सानी नानीले मेहनत गरेर यहाँ सम्म आइपुगेकी छन् । उनको अबको यात्रा चाहीँ तपाईँ, हामी जस्ता दर्शकको हातमा छ । हामीले कतै राम्रो प्रतिभालाई छुटाउँछौं कि, हामीले गलत ठाउँमा भोट हाल्दा राम्रो प्रतिभा छुट्छ कि  ?  परिश्नालाई एक भोट दिँदै गर्दा भोलि राष्ट्रको लागि ठूलो प्रतिभा जन्मन्छ ।,’– उनले भने । 

    Parents.jpg

    मोडल एवं कोरियोग्राफर दिक्पाल कार्कीले परिश्नालाई उत्कृष्ट कलाकार र प्रतिभाको रूपमा चित्रण गरे । परिश्नामा एउटा कलाकारमा हुनुपर्ने सबै प्रकारका गुण रहेको उनको दाबी छ ।

    द भ्वाइस किड्स नेपाल हिमालयन टेलिभिजनबाट हरेक साताको शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुने गर्दछ । भोटिङ राउण्ड आज बेलुकाबाट सुरु हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार