शुक्रबार, कात्तिक ३० गते २०८१

सहरी क्षेत्रमा ४० प्रतिशत सटरहरु खाली

सहरी क्षेत्रमा ४० प्रतिशत सटरहरु खाली

अखबार दैनिक
बिहीबार , वैशाख ७ २०८०
  • सहरी क्षेत्रमा ४० प्रतिशत सटरहरु खाली

    काठमाडौँ । अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी हुँदा सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका ४० प्रतिशत सटरहरु खालि भएका छन् । 

    images

    पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रूपमा वृद्धि हुँदा व्यवसाय चलाउन नसक्दा व्यवसायीहरु पलायन हुने क्रम बढेसँगै सहरी क्षेत्रमा व्यावसायिक सटर तथा गोदामहरु धमाधम खालि हुन थालेका हुन् । 

    बजारमा देखिएको बैंकिङ तरलताको कारण व्यापार व्यवसाय उत्साहजनक छैन । उनीहरुले मुख्य सहरी क्षेत्रसँगै भित्री बस्तीमा सञ्चालन भएका सटर तथा पसल बन्द भएको बताए । व्यवसायीहरुले आर्थिक गतिविधि नियमित नहुँदा व्यापार व्यवसाय चल्न छोडे पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन गर्न सक्दा व्यवसायीहरुले पसल नै बन्द गरेर बस्न बाध्य भएको बताए । 

    नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले पछिल्लो समय आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै  घरधनीको भाडा वृद्धि, बैंकको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा ३५ देखि ४० प्रतिशत व्यवसायीक सटरहरु खालि भएको बताए ।   

    उनले व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटरहरु खालि हुने अवस्था आएको बताए । उनले खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चलेपनि अन्य व्यवसायमा कारोबार न्यून रहेको भन्दै सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको बताए ।   

    पूर्वअध्यक्ष कटुवालले घर भाडा घट्ने भन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको गुनासो गरे । उनले प्रत्येक दुई वर्षमा २० प्रतिशतले भाडा वृद्धि हुने लिखित सम्झौता नै हुने गरेकाले व्यवसायीहरु मारमा परेको बताए । उनले प्रधानमन्त्री स्वयंले बैंकको ब्याजदर एकल अंकमा ल्याउने भनेर बोले पनि व्यवहारमा ल्याउन नसकेको उल्लेख गरे । 

    उनले सरकारले निजी क्षेत्रलाई अनूकुल हुने बोल्ड निर्णय गर्नु आवश्यक रहेको बताए । उनले सरकारले निजी क्षेत्र भनेर केही व्यवसायीहरुलाई मात्रै बोलाउने गरेको भन्दै वास्तविक पीडित व्यवसायीहरु सरकारको नजरमा कहिल्यै नपरेको बताए । उनले लगातार रूपमा सटर खालि हुनुको मुख्य कारण कोरोना महामारी भएको बताए । 

    उनले सरकारले निजी क्षेत्रलाई अनूकुल हुने बोल्ड निर्णय गर्नु आवश्यक रहेको बताए । उनले सरकारले निजी क्षेत्र भनेर केही व्यवसायीहरुलाई मात्रै बोलाउने गरेको भन्दै वास्तविक पीडित व्यवसायीहरु सरकारको नजरमा कहिल्यै नपरेको बताए । उनले लगातार रूपमा सटर खालि हुनुको मुख्य कारण कोरोना महामारी भएको बताए । 

    चारदेखि पाँच वटा सटर लिएर व्यवसाय गर्ने व्यवसायीले खर्च धान्न नसकेर दुईवटा सटरमा व्यवसाय गर्न थालेका छन् । 

    पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर हरेक घरमा देखिन थालेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार