शुक्रबार, कात्तिक ३० गते २०८१

मान्छे हिँडिरहेका बेला भेरी नदीकाे बेलिब्रिज भाँचियो

मान्छे हिँडिरहेका बेला भेरी नदीकाे बेलिब्रिज भाँचियो

अखबार दैनिक
बिहीबार , वैशाख ७ २०८०
  • मान्छे हिँडिरहेका बेला भेरी नदीकाे बेलिब्रिज भाँचियो

    सुर्खेत। जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । केही बेरअघि मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएको हो । उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

    images

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनमामा परी कम्तिमा पनि चार जनाको मृत्यु भएको जानकारी आएपनि एकिन भने हुन सकिरहेको छैन । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।   साथै घटनामा अन्य चार जना गम्भिर घाइते भई उपचारका लागि राडी स्थित स्वास्थ्य संस्थामा पठाएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार