काठमाडौँ । रातो मच्छिन्द्रनाथ रथ यात्राका लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोमवारदेखि सुरु हुने रथयात्राका लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
रातो मच्छिन्द्रनाथको रथलाई नेपालकै लामो रथ रूपमा लिने गरिन्छ । किलाको प्रयोग नगरि निर्माण गरिने यो रथको उचाइ करिब २० फिटको हुन्छ । शुक्रवार भने रथमा मच्छिन्द्रनाथलाई रथारोहरण गरिनेछ । अहिले रथको निर्माण कार्य सकिएर सजावटको काम मात्रै बाँकी रहेको रथ निर्माणकर्मीहरुले बताएका छन् ।