शुक्रबार, कात्तिक ३० गते २०८१

सलिनमानले भने, ‘राम्रो फिल्मको अफर नआउँदा अभिनयमा ग्याप भयो’

सलिनमानले भने, ‘राम्रो फिल्मको अफर नआउँदा अभिनयमा ग्याप भयो’

अखबार दैनिक
बुधबार, वैशाख ६ २०८०
  • सलिनमानले भने, ‘राम्रो फिल्मको अफर नआउँदा अभिनयमा ग्याप भयो’

    काठमाडौँ । अभिनेता सलिनमान बनियाँले आफ्नो अभिनयमा ग्याप हुनुको कारण राम्रो फिल्मको अफर नहुनु भएको बताएका छन् । केही फिल्मको अफर आएपनि कथाबस्तु पुरानै शैलीको भएकोले आफूले रोज्न नसकेको उनको भनाइ छ । 

    images

    अचेल सलिनमान जहाँ भेटिन्छन्, फ्यानको प्रश्न यो नै हुने गरेको गरेको छ–नयाँ फिल्म कहिले आउछ ? हालै पब्जी लाइभमा पनि फ्यानले यही प्रश्न दोहोर्याए। जवाफमा उनले आफ्ना पुराना दुई फिल्म हेर चित्त बुझाउन अनुरोध गरे ।

    सलिनमान फिल्म ‘ए मेरो हजुर २’ बाट अभिनयमा डेब्यु गरेका हुन् । पहिलो फिल्मबाटै सबैको रोजाइमा पर्न सफल उनी त्यसपछि ‘जात्रा’मा देखिए । ‘जात्रा’ ले अपेक्षाकृत व्यवसाय गर्न नसकेपछि उनी निराश बने । त्यसपछि उनी कुनैपनि फिल्ममा देखिएका छैनन् । उनको अहिले समय अनलाइन भिडियो गेम पब्जी खेलेर बिताउने गरेका छन् । पब्जी खेल्दै गर्दा उनी आफ्ना फ्यानहरूसँग कुराकानी पनि गर्छन् ।

    केही अगाडि उनको विवाहको चर्चा पनि चलेको थियो । उनकी प्रेमिका मेकअपको अध्ययनका लागि विदेश उडेपछि बिहेको चर्चा हरायो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार