शुक्रबार, कात्तिक ३० गते २०८१

‘डीएभी’ले छोरीको अपमान गर्‍यो, ९–१० कक्षा पढाउने स्कुल चाहिएको छ : कवि उपेन्द्र सुब्बा

‘डीएभी’ले छोरीको अपमान गर्‍यो, ९–१० कक्षा पढाउने स्कुल चाहिएको छ : कवि उपेन्द्र सुब्बा

अखबार दैनिक
बुधबार, वैशाख ६ २०८०
  • ‘डीएभी’ले छोरीको अपमान गर्‍यो, ९–१० कक्षा पढाउने स्कुल चाहिएको छ : कवि उपेन्द्र सुब्बा

    काठमाडौं : कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाले जावलाखेलस्थित डीएभी स्कुलले आफ्नी छोरीलाई अमानवीय व्यवहार गरेको बताएका छन्। 

    images

    मंगलबार साँझ सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर उनले कक्षा ९ को परीक्षाफल लिन जाने क्रममा स्कुलका सह–प्रधानाध्यापकले छोरीलाई अपमान गरेको बताएका छन्। सुब्बाले छोरीको अपमान गर्दै ‘पढ्न जान्दैन। यहाँ हामी पढाउन सक्दैनौँ। अन्तै लैजाऊ’ भनेको गुनासो गरे।

    ‘माइली छोरी जावलाखेलको सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिन्। पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइन् । लिइएको परीक्षामा फेल भइछन्। आमा र छोरी भाइस प्रिन्सिपलको कोठामा पस्ना साथ यसको बुवा खै? किन नआएको भनी सोधियो रे। नानीको आमाले बिजी भएर आउन पाउनु भएन भनिछन्’, उनले लेखेका छन्, ‘भाइस प्रिन्सिपलसहित अरु दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर ‘यो बच्चालाई हामी पढाउन सक्दैनौँ। अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दिनन्’ भनेछन् । पहिला पनि जोशी सरले ‘पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने‘ भन्दै आमा छोरी दुवै मसँग रोए।’

    कक्षा २ देखि त्यही स्कुलमा पढ्दै आएको छोरीलाई पढाउन सक्दैनौं अन्तै लैजाऊ भन्नु स्कुलको गैरजिम्मेवारीपन भएको उनले बताएका छन्। विद्यार्थी कमजोर हुनुमा ८–९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हो कि विद्यार्थीको मात्रै ?’, उनले प्रश्न गरेका छन्। 

    सुब्बाले स्कुल गएर छोरीको ट्रान्सक्रिप्ट लिएको र अब ९–१० कक्षामा भर्ना गर्ने स्कुल खोजिरहेको बताएका छन्। ‘मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि। यस अलावा फिक्सन पढ्न औधी रुचि राख्छिन्’, उनले लेखेका छन्, ‘मलाई मेरो छोरीलाई ९–१० कक्षा पढाउने स्कुल चाहिएको छ। लाग्ने शुल्क म नियमित तिर्नेछु।’

    हेर्नुहोस् उनको फेसबुक स्टाटस–:

    प्रतिक्रिया दिनुहोस

    थप समाचार