शुक्रबार, कात्तिक ३० गते २०८१

MINUSCA Mission, Central African Republic मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली  

MINUSCA Mission, Central African Republic मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली  

अखबार दैनिक
बिहीबार , चैत ३० २०७९
  • MINUSCA Mission, Central African Republic मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली  

    संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि Central African Republic मा तैनाथ United Nations Multidimentional Integrated Stabilization Mission (MINUSCA) मा सहभागी श्री जबरजंग गण (शान्ति सेना)- High Readiness Protection Battalion (HRPB) चौथो डफ्फा (Main Body) र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फा (Reinforce) लाई बदली गर्नको लागि श्री भवानीबक्स गण, पाँचौं डफ्फा र श्री सैनिक प्रहरी युनिट,  आठौं डफ्फाका १६३ जना सैनिकहरुको अन्तिम टोली सेनानी केशव बहादुर थापाको नेतृत्वमा Ethiopian Airlines को विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् । प्रमुख सेनानी रित बहादुर रानाभाटको कमाण्डमा खटिएको उक्त गणका ४६७ तथा सैनिक प्रहरी युनिटका १०३ जना गरी जम्मा ५७० सकलदर्जाहरु यस अगावै मिशन ईलाकामा पुगिसकेका छन् । 

    images
    2 (2).JPG

    यस्तै, उक्त मिशनमा तैनाथ श्री जबरजंग गण, चौथो डफ्फा र श्री सैनिक प्रहरी युनिट, सातौं डफ्फाका १६२ जना सैनिकहरु प्रमुख सेनानी राजेश बिक्रम शाहीको नेतृत्वमा मिति २०७९ चैत्र २९ गते स्वदेश फिर्ता भएका छन् । 
    PN-MINUSCA Mission,CAR मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार