एजेन्सी । अहिले मोटोपनको समस्यासँग हरकोही जुधिरहेको हुन्छ । मोटोपन कसरी घटाउने भन्ने सबैको चिन्ताको विषय बनेको छ । यस्तोमा तपाईंले क्यालोरी कम हुने खानेकुराहरुको बारेमा जान्न एकदमै जरुरी छ ।
यदी तपाईं पनि मोटोपनबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यस्ता खानेकुराहरु खाने गर्नुहोस् जसमा एकदमै थोरै मात्रामा क्यालोरी हुने गर्दछ । जसलाई खाँदा तपाईं भरिएको महसुस गर्नुहुन्छ तर क्यालोरी धेरै हुँदैन ।
बेरिज
यदी तपाईं आधा कचौरा बेरिजहरु खानुहुन्छ भने यसमा मात्र ३२ क्यालोरी हुन्छ । यसका साथै यसमा एन्टी इन्फ्लामेटरी तथा एन्टी अक्सीडेन्ट गुण पनि पाइन्छ ।
टमाटर
१०० ग्राम टमाटरमा १९ क्यालोरी पाइन्छ । यसका साथै यसमा डायट्री फाइबर, पोटाशियम र भिटामिन सी पनि पाइन्छ । यसमा लाइकोपीन नामको एन्टीअक्सीडेन्ट पाइन्छ जो छालालाई घामको खराब किरणहरुबाट जोगाउँछ ।
काँक्रा
१०० ग्राम काँक्रामा जम्मा १५ क्यालोरी मात्र हुन्छ । यसमा पानीको मात्रा एकदमै धेरै हुन्छ जसले तपाईंलाई गर्मीमा हाइड्रेट राख्न पनि मद्दत गर्छ ।
गाजर
१०० ग्राम गाजरमा ४१ क्यालोरी हुन्छ । यसमा फाइबर पाइन्छ जसले तपाईंको पेट लामो समयसम्म भरिएको महसुस हुनेछ । त्यसैले तौल कम गर्न चाहनेहरुका लागि गाजर पनि एउटा उत्तम विकल्प हो ।
च्याउ
च्याउमा पनि एकदमै कम मात्रामा क्यालोरी हुन्छ । १०० ग्राम च्याउमा जम्मा ३८ क्यालोरी हुन्छ । यसमा फ्याट हुँदैन साथै कोलेस्ट्रोल पनि हुँदैन । त्यसैले यो तौल कम गर्नका लागि पनि राम्रो विकल्प हुन सक्छ ।
तरबुज
गर्मीमा तरबुज खान सबैलाई मन पर्छ । तपाईं पनि यसलाई आफ्नो खानाको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यसमा पनि १०० ग्राममा जम्मा ३० क्यालोरी मात्र हुन्छ ।