शुक्रबार, कात्तिक ३० गते २०८१

बझाङका यी बालकलाई विद्यालय जान निल्नु न ओकेल्नु भयो, विद्यालय जाँन लाग्छ छ घण्टा

बझाङका यी बालकलाई विद्यालय जान निल्नु न ओकेल्नु भयो, विद्यालय जाँन लाग्छ छ घण्टा

अखबार दैनिक
बुधबार, चैत २९ २०७९
  • बझाङका यी बालकलाई विद्यालय जान निल्नु न ओकेल्नु भयो, विद्यालय जाँन लाग्छ छ घण्टा

    दोडडाकेदार गाउँपालिका – १ बैतडीका प्रकाश बिष्ट भर्खर किशोराबस्थामा प्रबेश गर्नुभयो । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साँढे तीन बजे नै अर्लाम लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल सात बजे स्कुल पुगीन्छ ।

    images

    उहाँलाई आधारभुतसम्म पढ्न केही सजिलो थिएन । जब उहाँले आठ कक्षा उत्तिर्ण गर्नुभयो त्यसपछि उहाँको दौडाई सुरु भयो । गत बैशाखमा पन्चदेब महानन्द माबी रिममा भर्ना भएका बिष्टले विद्यालय जाँदा आउँदा मात्र दैनिक ६ घण्टाको हा राहारीमा बाटोमै बिताउनुपर्छ ।

    “२४ घण्टामध्ये ६ घण्टा स्कुल र ६ घण्टा बाटोमै बिताउनुपर्छ “, उहाँले भन्नुभयो “रिममा पढ्न गएपछि समयतालिका एकदमै पेचिलो भयो । सुत्न र घरायसी काम गर्न समय बाड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।”

    गोरङका प्रकाश मात्रै हुनुहुन्न, उहाँजस्तै धेरै बिद्यार्थीको दैनिकी एउटै छ । बिहान स्कुल लाग्दा ४ बजे र दिउँसो स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ । लामो दिनमा उज्यालोमै स्कुल पुगिने हुँदा अलि सजिलै थियो । छोटा दिन हुने हिउँदे याममा भने निकै समस्या पर्छ । गोरङकै ९ कक्षामा पढ्ने उर्मिला बिष्टले भन्नुभयो “लामो दिनमा त उज्यालो मै घर पुगीन्छ । छोटा दिनमा भने राती पर्छ । सबै सँगै आउनलाई कहिले अरुलाई कुर्नुपर्छ त कहिल्यै आफुलाई कुर्नुपर्छ ।” टाढाको बाटो हुँदा एक्लै हिड्न नसकिने उहाँले बता उनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार