आइतबार, मंसिर ९ गते २०८१

ठेउलाका बिरामी बढ्दै, लक्षण र उपचार

ठेउलाका बिरामी बढ्दै, लक्षण र उपचार

अखबार दैनिक
मंगलबार, चैत २८ २०७९
  • ठेउलाका बिरामी बढ्दै, लक्षण र उपचार

    जाडो मौसम  सकिए लगतै  धरान, राजविराज, जनकपुरधाम, विराटनगर, धनकुटा आदि स्थानबाट उपचारका लागि आइरहेका बालबालिकामा चिकनपोक्स (ठेउला)को प्रकोप  देखिएको छ। चिकनपोक्स अर्थात् ठेउलाको रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। यसलाई हर्पिस जस्टर भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। नेपालीमा जनैखटिराका नामले प्रसिद्ध छ। यो रोग प्रायः प्रौढहरूमा बढ्ता देखिने गरेको छ। शरीरको रोग प्रतिरोधी क्षमता कम भएका बेलामा यसको आक्रमण हुन सक्छ।

    images

    भेरिसेला जोष्टर नामक भाइरसको संक्रमण बाट हुन्छ। छालामा मसिना बिबिरा देखिन्छन्। यो प्रायः गरेर अनुहार, घाँटी, छाती, पेट र पिठ्यूँमा दागी बनाएर छोड्न पनि सक्छ। यो रोग विशेष गरी स-साना केटाकेटीहरुमा बढ्ता देखिने गर्दछ। यो हावा तथा प्रयोग गरेका लत्ताकपडा आदिका माध्यमबाट अरु व्यक्तिहरुलाई सर्ने गर्दछ। भेरिसेला जोष्टर भाइरसको संक्रमण भएको १० देखि २१ दिन भित्र एसका लक्षणहरु देखा पर्छन्।

    ठेउला के हो?
    एक प्रकारको भाइरल सङ्क्रमण हो। चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ।

    ठेउला रोगको  लक्षण
    सामान्य ज्वरो आउने। टाउको दुख्ने।

    जीऊ भारी हुनु।

    मांसपेशी दुख्नु।

    भोक नलाग्नु।

    बान्ता हुन खोज्नु।

    छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँ मा मसिना बिमिरा निस्कने हुन्छ।

    ती बिमिरा निस्केका ठाउँ मा चिलाउने, पोल्ने र दुख्ने गर्छ  ।

    बिमिरा बिस्तारै ठूला हुँदै जाने र ससाना घाऊ जस्ता देखिने गर्छ  ।

    ती घाऊहरु मा पोलेका घाऊ मा झैं नै पानी भरिने र फुट्ने गर्छ।

    सँगै असह्य पीडा हुने गर्दछ।

    ठेउला रोगको जोखिम
    बालबालिका तथा वयस्क मानिसहरु र एक वर्ष भन्दा सानालाई यो रोगले समस्यामा पार्न सक्छ।  गर्भवती तथा रोग प्रतिरोध क्षमता शक्ति कमजोर भएका व्यक्तिहरु यो रोग लाग्ने उच्च जोखिममा हुन्छन्। राम्रो हेरविचार गरिएन भने ठेउलाका कारण  निमोनिया, इन्सेफ्लाइटिस तथा छालाका अन्य रोगहरु हुने जोखिम हुन्छ।

    ठेउला रोगको उपचार
    ठेउला रोग लागिहालेमा पनि कडा हुने हुँदैन। तर, एक पटक ठेउला लागेमा पछि फेरि दोहरिने सम्भावना अत्यन्त न्यून हुन्छ। ठेउलाका लागि कुनै विशेष औषधि हुदैन। ठेउला भाइरसबाट हुने भएकाले एन्टिबायोटिकले काम गर्दैन।  ठेउला हुँदा बढ्ता झोलिला कुरा खाने दिनुपर्छ। सरसफाईमा ध्यान दिने गर्नु राम्रो हुन्छ। ज्वरो घटाउन  प्यारासिटामोल, इबुप्रोफेन जस्ता औषधि दिन सकिन्छ। चिलचिलाहट घटाउनका लागि क्यालामिन लोशन, एन्टिहिस्टामिन औषधि आदि उपयोगी हुन सक्छन्। कुनै सर सल्लाह लिनु परे चिकित्सकको सहयोग लिन सकिन्छ।

    -(बालरोग विशेषज्ञ डा सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप-प्राध्यापक हुन्। उनी बालबालिकाको डाक्टर साथी पुस्तकका लेखक पनि हुन्।)  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार