मुकेश–निता अम्बानीकी कान्छी बुहारी प्रबल गुरुङको डिजाइनमा देखिइन्रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको घर, सम्पत्ति, श्रीमतीका साथै उनका सन्तानको पनि चर्चा भइरहन्छ । यी दुईका छोराहरू आकाश र अनन्तका साथै छोरी इशा अम्बानी र उनीहरूका पार्टनरमा मानिसहरूको विशेष रुचि छ ।
केही समय अघि मुकेश–निताका कान्छो छोरा अनन्त अम्बानीको इन्गेजमेन्ट भएको थियो । अनन्त र राधिका मर्चेन्ट निकै अघिदेखि प्रेम सम्बन्धमा छन् । इन्गेजमेन्टका तस्बिर निकै भाइरल भएका थिए । अम्बानी परिवारकी कान्छी बुहारी बन्न लागेकी राधिका मर्चेन्ट अम्बानी परिवारको सबै कार्यक्रममा सरिक हुने गर्छिन् । हालै उनी निता र इशा अम्बानीको ‘इन्डिया इन फेसन’ नामको किताब सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । त्यति बेला उनले निलो र सेतो रङको कोर्सेट टप र स्कर्ट लगाएकी थिइन् जसको चर्चा व्यापक भएको छ ।
उनको त्यो पहिरन नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेका हुन् । प्रबल गुरुङ आफैँले यसबारे जानकारी दिएका हुन् । राधिकाले लगाएको पहिरन आफ्नो रिजोर्ट २०२३ कलेक्सन अन्तर्गत पर्ने गुरुङले बताएका छन् ।
राधिकाको तस्बिर सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठले खिचेका हुन् ।