शुक्रबार, कात्तिक ३० गते २०८१

२७ वर्षीका सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्ने

२७ वर्षीका सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्ने

अखबार दैनिक
मंगलबार, चैत २८ २०७९
  • २७ वर्षीका सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्ने

    काठमाडौं । भक्तपुरको ऐतिहासिक र महत्वपूर्ण जात्रा मानिने‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । उनले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने बताएका हुन् ।

    images

    नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भएपछि चार दशक यो परिवारले जिब्रो छेडाउँदा पुस्तान्तरण भएको छ ।

    कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छो छोराले पहिलो पहिलो पटक जिब्रो छेड्न लागेका हुन् । श्रेष्ठले नाय पमाको घरमा पुगेर चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गरेका छन् ।

    वैशाख २ गतेको जात्राको लागि उनले हिजोदेखि व्रत बस्न सुरु गरेका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि केही नखाइ व्रत बस्नुपर्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार