शुक्रबार, कात्तिक ३० गते २०८१

१९ दिनमा सकियो फिल्म ‘जाँड’ को छायाङ्कन

१९ दिनमा सकियो फिल्म ‘जाँड’ को छायाङ्कन

अखबार दैनिक
सोमबार, चैत २७ २०७९
  • १९ दिनमा सकियो फिल्म ‘जाँड’ को छायाङ्कन

    काठमाडौँ । राजु शाह (राजेन्द्र) को निर्देशन रहेको फिल्म ‘जाँड’ को छायाङ्कन सकिएको छ । १९ दिनको लगातार छायाङ्कनपछि फिल्म आइतबार सकिएको निर्देशक शाहले बताए । ‘२२ दिनको छायाङ्कन सेडुलसहित सुरु भएको फिल्म १९ दिनमै सकिएको छ’ निर्देशक शाहले भने ‘मौसम र कलाकारले राम्रो साथ दिएका कारण निर्धारित समय अगाडि सकियो ।’ फिल्मको सोमबारबाट सम्पादन सुरु हुने र छिट्टै रिलिज गर्ने योजना रहेको शाहले सुनाए । 

    images

    गत निफ फिल्म फेस्टिभलमा शुभ–मुर्हूत गर्दै छायांकनमा निस्किएको फिल्म नगरकोटको आसपासका स्थानमा खिचिएको छ । राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाको अलवा फिल्ममा मन्जु श्रेष्ठ, सुवास गजुरेल, लक्ष्मी तिमिल्सेना लगायतको अभिनय समेटिएको छ ।
    जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ । 

    जाँड खाने पुरुषलाई श्रीमती, छोरी र समाजले  हेर्न दृष्टिको कस्तो रहन्छ भन्ने कुरो फिल्ममा विषयवस्तुको रूपमा उठाइएको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित नृत्य निर्देशक शाहले यस अगाडि ‘नमस्ते नेपाल’ सहित केही फिल्मको निर्देशन गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार