आइतबार, मंसिर ९ गते २०८१

स्वास्थ्य मन्त्रालयको मूल्य २ करोड, सांसदले मागे व्यापारीसँग रकम

स्वास्थ्य मन्त्रालयको मूल्य २ करोड, सांसदले मागे व्यापारीसँग रकम

अखबार दैनिक
आइतबार, चैत २६ २०७९
  • स्वास्थ्य मन्त्रालयको मूल्य २ करोड, सांसदले मागे व्यापारीसँग रकम

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठ साधारण सदस्य समेत नरहने गरी निलम्बनमा परेका छन् । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।

    images


    सांसद ढकाललाई एक हप्ताका लागि निलम्बन गरिएको रास्वपाका प्रमुख  सचेतक सन्तोष परियारले जानकारी दिए। उनले भने,'यो विषय संवेदनशील हो। उहाँलाई एक हप्ताका लागि निलम्बन गरिएको छ। यो बीचमा स्पष्टिकरण सोधिनेछ।'

    रास्वपाले व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो ।

    श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई जिताउन भन्दै प्रसाईसँग घुस मागेको विषय बाहिर आएपछि रास्वपाले यस्तो कदम चालेको हो । पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले प्रसाईसँग २ करोड रुपैयाँ सहयोग मागेको  अडियो सार्वजनिक भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार