बिहीबार , कात्तिक २९ गते २०८१

दाङका कुमाल समुदायलाई माटाको भाँडा बनाउन भ्याइनभ्याइ

दाङका कुमाल समुदायलाई माटाको भाँडा बनाउन भ्याइनभ्याइ

अखबार दैनिक
शुक्रबार, चैत २४ २०७९
  • दाङका कुमाल समुदायलाई माटाको भाँडा बनाउन भ्याइनभ्याइ

    दाङ दाङका कुमाल समुदायलाई माटाको भाँडा बनाउन भ्याइनभ्याइबजारमा माटोको भाँडाको माग बढेपछि गढवा गाउँपालिका १ का ६७ वर्षीय गाजुराम थारू कुमाल दंग परेका छन्। बजारमा माग बढेपछि उनलाई अहिले भ्याइनभ्याइ छ।

    images

    कुनै समय माटोका भाँडाले बजार पाउन मुस्किल थियो। त्यति बेला घरघरमा माटोका भाँडा लैजाँदा समेत मुस्किलले बिक्री हुन्थ्यो। उत्पादित सामान बिक्री नहुँदा कुमाल समुदायको पेशा नै संकटमा परेको थियो। 

    पछिल्लो समय सबैभन्दा खुत्रुके, गमला जस्ता धेरै बिक्री हुने गरेको कुमालले बताए।  ‘बजारमा गमला, खुत्रुके जस्ता सामान प्लाष्टिकका पाइन्छ’, उनले भने, ‘तर, मानिसहरूले माटोबाट बनेका नै रोज्ने गरेका छन्। आफूले उत्पादन गरेका सामान दाङ लगायत, प्यूठान, कपिलवस्तु र बाँके जिल्लामा जाने उनको दाबी छ। माटोका भाँडा लिन व्यापारी घरमै आइपुग्ने उनले बताए। एकपटक सामान पठाउँदा २०\२५ हजार रुपैयाँ बचत हुने उनको भनाइ छ।

    1-.jpg

    सोही ठाउँका सुन्दरप्रसाद थारू कुमाल पनि आफ्नो पेशाप्रति सन्तुष्ट रहेको बताउँछन्। उनले  बनाएका माटाका भाँडा लिन बाँके, प्यूठान, रोल्पा, कपिलवस्तु र लुम्बिनीबाट घरमै व्यापारी आउँछन्।  उनले  पनि एक पटकमा ४०\५० हजार सम्म आम्दानी गर्ने गरेको बताए। उनका अनुसार माग अनुसार विभिन्न जिल्लामा माटोका भाँडा पठाइन्छ। 

    पछिल्लो समय लोप हुन लागेको माटो भाँडा बनाउने  पेशा लोप हुँदै गएको अवस्थामा अहिले फेरि सुस्त सुस्त मौलाउँदै गएको नेपाल कुमाल सुधार समितिका केन्द्रीय सदस्य ललित कुमालले बताए। बजार भाउ पनि राम्रो पाएकालेउत्पादन बढाउँदै गएको उनको भनाइ छ। 

    उनले भने,‘ अहिले हरेक होटल,  रेष्टुरेन्ट लगायत  अन्य ठाउँमा पनि  कुमाल जातिले बनाएका माटाका गमला प्रयोग भएको पाइन्छ। केही समय बजारमा माटाका भाँडा बिक्री नहुँदा पेसा ओझेलमा पर्ने अवस्था थियो। तर, अहिले माटोका भाँडाहरू  बढी चलिरहेको अवस्था रहेको छ।’ यस्तै पछिल्लो समय वैदेशिक रोजगारमा गएकाहरू पनि फर्किएर आएपछि माटोका भाँडा बनाउने पेशामा लागेको उनले बताए। उनले यो पेशालाई आधुनिकीकरण गरेर लैजान सके अझै राम्रो हुने भन्दै राज्यले यसमा माटोको भाँडा बनाउने कुमाल जातिलाई अनुदान दिने व्यवस्था गर्नु पर्ने पनि बताए। 

    1-ssdd_Pcsax7jt2g.jpg

    कुमाल समुदायको परम्परागत पुर्खौली पेशालाई संरक्षण, संवर्धन गर्न  गढवा गाउँपालिकाले बजेट नै विनियोजन गरेर काम गर्दै आएको जनाएको छ। कुमाल समुदायको माटोको भाँडा बनाउने पेशा नै नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा संकट रहेको यो पेसालाई लोप हुनबाट बचाउन गाउँपालिकाले प्रयास गरिरहेको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्माले बताए।

    उनका अनुसार हिजो कुमाल जातिको पुर्खाले गरेको यो पेशा विस्तारै लोप हुने अवस्थामा रहेको छ। उनले भने,‘ यो  पेशा विस्तारै लोप हुने अवस्थामा रहेको छ। अहिलेको युवापुस्ता यो पेशामा आकर्षित भएको पाइँदैन। उनीहरूले पेशालाई व्यावसायिक पनि बनाउन सकेका  छैन। त्यसैले हामीले माटोको भाँडा बनाउने पेशाको प्रवर्धन गर्न खोजेका छौँ।’

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार