बुधबार, मंसिर १२ गते २०८१

नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार

नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार

अखबार दैनिक
सोमबार, चैत २० २०७९
  • नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार

    काठमाडौं। भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेसनबाट ७ जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ। एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो।

    images

    बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ स  गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झन्डै ४ सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।

    नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् ।

    समारोहमा बोल्दै दिल्ली सरकारअन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताए ।

    उनले दिल्ली र अन्य राज्यहरूमा निरन्तर रूपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभलनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इन्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताए ।

    नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरू धेरै दिल्ली पुग्ने गरेको बताउँदै उनले बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला शहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरूले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार