आइतबार, मंसिर ९ गते २०८१

कुन पौष्टिक तत्वले के काम गर्छ?

कुन पौष्टिक तत्वले के काम गर्छ?

अखबार दैनिक
सोमबार, चैत २० २०७९
  • कुन पौष्टिक तत्वले के काम गर्छ?



    images

    १. कार्बोहाइड्रेट 
    –     शक्ति प्रदान गर्छ। ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ।
    –     यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ।
    –     एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ।

    २. प्रोटिन
    –     कोष/कोषिकाहरूको बृद्धि विकास गर्छ।
    –     खिइएको कोष/कोषिकाहरूको मर्मत–सम्भार गर्छ।
    –     समष्टिगत रूपमा भन्नुपर्दा शारीरिक बृद्धि तथा विकास गर्छ।
    –     एक ग्राम प्रोटिन बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ।

    ३. चिल्लो 
    –     शक्ति प्रदान गर्छ।
    –    छालाको हेरचाह गर्छ।
    –     थोरै मात्राले धेरै शक्ति दिन्छ।
    –     भिटामिनहरू जस्तैः ‘ए, डी, ई, के’लाई शरीरभित्र सञ्चालन गर्दछ।
    –     एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ।

    ४. भिटामिन 
    –     यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ। यिनीहरू ज्यादै थोरै मात्रामा भए पनि पुग्ने तर नभई नहुने हुन्छन्।

    भिटामिन ‘ए’ 
    –    स्वस्थ आँखाका लागि
    –    छालाको हेरचाहका लागि
    –    शारीरिक बृद्धि विकासका लागि
    –    अन्य रोगको आक्रमणबाट बचाउन।

    भिटामिन ‘डी’ 
    –    शरीरको हड्डी बलियो पार्न
    –    रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डी सम्बन्धी रोगबाट बचाउन
    –    क्याल्सियम जस्ता खनिज तत्व सोस्न।

     भिटामिन ‘ई’  
    –    शरीरभित्रको अत्यावश्यक चिल्लोहरू बचाएर राख्न
    –    रातो रक्त कोष बनाउन
    –    भिटामिन ‘ए’, क्यारोटिनजस्ता तत्वहरू बचाइ राख्न
    –    कोष/कोषिकाहरू नष्ट हुन नदिन।

    भिटामिन ‘के’  
    –    शरीरमा चोट लाग्दा अधिक रगत बग्नबाट रोकथामका लागि
    –    घाउ–चोट निको पार्न
    –    हड्डी बनाउन।

    भिटामिन ‘बी’ 
    –    कमजोरी र थकान कम गर्न
    –    रुचि बढाउन
    –    बेरी–बेरी हुन नदिन
    –    झाडा–पखला र पेलाग्रा हुन नदिन
    –    स्मरण शक्ति कायम राख्न।

    भिटामिन ‘सी’ 
    –    गिजा सम्बन्धी रोग हुन नदिन
    –    छालाभित्र रगतका कोषिका फुट्न नदिन
    –    रक्त अल्पताको कमी गर्न
    –    विभिन्न रोगको प्रतिरोध गर्न
    –    लामो समयसम्म निरोगी राख्न।

    ५. खनिज तत्व 
    क्याल्सियम
    –    हड्डी बलियो पार्न
    –    दाँत बलियो पार्न
    –    मांशपेशी चलमलाउन।

    फलाम 
    –    शरीरभित्र रगत बन्न
    –    रक्त अल्पत्ताको कमी गर्न
    –    शारीरिक बृद्धि विकास गर्न
    –  रुचि बढाउन
    –  विभिन्न रोगबाट बचाउन
    –  शरीर स्वस्थ राख्न।

    आयोडिन  
    – शरीर सुस्त हुन नदिन
    – शरीर फुर्तिलो पारिरहन
    – गलगाँडबाट बचाउन
    – लाटो, लठेब्रो हुन नदिन।

    फ्लोरिन 
    – दाँतलाई स्वस्थ राख्न

    ६. पानी 
    – सबै पौष्टिक तत्वलाई शरीरको विभिन्न भागमा पु¥याउन
    – शरीरको फोहोर–मैला बाहिर निकाल्न
    – शरीरमा तातोपना कायम राख्न।
     
    कुन पौष्टिक तत्वले के काम गर्छ?
    शक्ति प्रदान गर्छ। ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ।

    –यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ।

    – एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ

    प्रतिक्रिया दिनुहोस

    थप समाचार